कमेडियन अपूर्वक्षितिजलाई रिहा गर्न चाैतर्फी दबाब
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार २१:२६:१९
३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कमेडियन अपूर्वक्षितिज सिंहविरुद्ध पाँच वर्ष जेल सजायको मागसहित चारवटा मुद्दा दर्ता गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । तत्काल रिहाइको आवाज व्यापक बन्दै गएको छ ।
नेवार समुदायमाथि व्यंग्य गरेको भिडियो युट्युबमा राखेपछि एक सय चारजना अभियन्ताले सिंहविरुद्ध प्रहरीमा मानहानीको उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेलगत्तै सार्वजनिक माफी माग्दै सिंहले युट्युबबाट भिडियोसमेत हटाइसकेका छन् । दसैंअघि नै उनी प्रहरीको हिरासतमा थिए । तर कोभिड लागेपछि प्रहरीले उनलाई छाडेको थियो ।
मुद्दा अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुन: पत्र पठाएपछि उनी मंगलबार प्रहरीकहाँ गएका थिए । त्यहीँ उनलाई पक्राउ गरी हिरासतमा राख्दै आएको छ । बुधबार प्रहरीले अपूर्वविरुद्ध चारवटा मुद्दा लगाउँदै पाँच वर्ष जेल सजायको माग गरेपछि अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीको मागदाबीको विरोध गरिरहेका छन् ।
उनीहरूले फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जालमार्फत प्रहरीले अपूर्वमाथि अनाहकमा मुद्दा चलाएको भन्दै आलोचना गरेका छन् ।
‘जातीय भावना–सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना। माफी मागिसके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती ! अति नगरौं । समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी–हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै,’ राप्रपा नेता रवीन्द्र मिश्रले लेखेका छन् । सिंहलाई बिहीबार अदालत लगिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार