सार्वजनिकस्थलमा रक्सी चुरोट खाए पक्राउ गरिने
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार १९:२७:३
४ कात्तिक, काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक स्थलमा रक्सी र चुरोट सेवन गर्न निषेध गरेको छ ।
पालिका कार्यालयका प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले हालै सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णय पालना गर्न गराउन आग्रह गरेका छन् । सूचना अवज्ञा गर्नेलाई पक्राउ गरी कानूनबमोजिम कारबाही प्रक्रिया बढाइने जनाइएको छ ।
विज्ञप्तिमा सार्वजनिक स्थलमा मध्यपान र धुम्रपान नगर्न आग्रह गर्दै सार्वजनिक स्थलहरुमा मध्यपान र धुमपान गरेको विषयमा वडा कार्यालय र प्रहरीले अनुगमन गर्ने उल्लेख छ ।
गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको समेत जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार