तीन महिनामा करिव १२ लाख राजश्व उठ्यो
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार १९:३१:२२
९ कात्तिक, ढोरपाटन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालू आर्थिक वर्षको हालसम्म झण्डै रु १२ लाख राजस्व संकलन गरेको छ । तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व संकलन गरेको हो ।
सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन् । पाँच सय २३ मोटरसाइकल र दुई ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिए ।
उनका अनुसार ट्र्याक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन् । मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्र्याक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ संकलन भएको केसीको भनाइ छ । उनले चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम संकलन भएको बताए ।
“हामीले चालकलाई कारबाहीभन्दा पनि सचेत गराउने गरेका छौँ, पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि चिट काट्ने हो, सचेत नबनाइ जरिवाना गरेको भए यसको डबल राजस्व संकलन हुन्थ्यो, हामी चालकलाई जिम्मेवार बनाउनुपर्छ भनेर लाग्यौँ” उनले भने,“बागलुङको ट्राफिक व्यवस्थासमेत सुधार भएको हुँदा पछिल्लो समय कारबाहीमा कम पर्नु हुन्छ ।”
गत साउनदेखि हालसम्म जिल्लामा चार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर र ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । यो अवधिमा एक सय तीन पटक ट्राफिक सचेतना कार्यक्रम गरेको प्रमुख केसी बताउछन ।
यस कार्यक्रमबाट १४ हजार छ सय ६४ नागरिक लाभाम्वित भएको उनको भनाइ छ ।“नागरिकलाई ट्राफिक सचेतनाका लागि हामीले विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरेका छौँ, सडकमा, स्कुलमा, सवारी चालक अनुमति पत्र लिने स्थानमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन ग¥यौँ, यो कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ,” उनले भने–“यो कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुगेको अभाष भएको छ, अघिल्लो वर्षका तुलनामा यस वर्ष दुर्घटना पनि कम भएका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार