कैलाली ५ मा दलका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रको चुनौती, कसैलाई छैन सहज
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २२:५९:६
१३ कात्तिक, कैलाली । कैलालीको निर्वाचन क्षेत्र न. ५ मा सत्ता गठबन्धन र विपक्षी एमालेसहितका दलका आधिकारिक उम्मेदवारलाई नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिएका छन् । यो क्षेत्रको प्रतिनिभिसभा र प्रदेशसभामा दलका आधिकारिक उम्मेदवारको भन्दा स्वतन्त्र उम्मेदवारको चर्चा बढी हुन थालेको छ ।
अघिल्लो पटक प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई यसपटक कैलाली ५ मा जित निकाल्न असज बन्दै गएको छ । रानाविरुद्ध आउने तयारीमा रहेकी आरजुले मैदान छाडेपछि सहज मानेका रानाका लागि स्वतन्त्र उम्मदवार पुस्करनाथ ओझ भारी बन्ने देखिएको छ ।
गठबन्धनको तर्फबाट ७४ को प्रदेशसभामा विजयी भएका डिल्लीराज पन्त उम्मेदवार छन् । कैलाली–५ मा एमालेका राना र गठबन्धनको तर्फबाट पन्तको मात्रै प्रतिस्पर्धा छैन । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा विजयी कांग्रेसका पुष्करनाथ ओझा पनि यहाँ बलिया उम्मेदवार देखिएका छन् । कांग्रेसबाट कारबाहीमा परेका ओझा अहिले यहाँ स्वतन्त्र उम्मेदवारको रुपमा आएक छन् ।
प्रदेश तर्फपनि स्वतन्त्रको चहलपहल बढी देखिएको छ । प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता क्षितिज भण्डारी सत्ता गठबन्धन र विपक्षी दलका उम्मेदवारका लागि भारी देखिएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाश देउवा, नेकपा एमालेबाट दुर्गा जोशी, नागरिक उन्मुक्ति पार्टीबाट गोठु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज भण्डारी, नेपाली कांग्रेस (बीपी)बाट दीपकराज खैर, नेपाल मजदूर किसान पार्टीबाट रामबहादुर दर्लामी मगर, संघीय लोकतान्त्रिक मञ्चबाट कार्तिक लुहार र स्वतन्त्रमा क्षीतिज भण्डारीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिनिधिसभातर्फ यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाका पूरै १९ वडा र कैलारी गाउँपालिका– ६ र ९ गरी २ वडा समेटिएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।
अघिल्लो पटकको निर्वाचनमा राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा अन्तर्घात गरेको भन्दै पुष्करनाथलाई कांग्रेसले कारबाही गरेको थियो । धनगढी बनाउन आफूले उम्मेदवारी दिएको ओझाको दाबी छ । अहलिे जनमत पनि ओझातर्फ नै देखिएको छ ।
अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभामा विजयी भएका पन्त आफूले अझै काम गर्ने गरी प्रतिनिधिसभाको उम्मेदवार भएको दाबी गरेका छन् । कांग्रेसमा आफूले गरिरहेको काम पनि जित्ने आधार भएको उनको जिकिर छ । पन्तको भनाइमा गठबन्धनको मत र विगतमा प्रदेशसभा सदस्य हुँदा गरेको काम नै जित्ने आधार हो ।
अहिले प्रतिनिधिसभातर्फको गठबन्धनको उम्मेदवार बनेका पन्त र स्वतन्त्र उम्मेदवार बनेका ओझाबीचको प्रतिस्पर्धालेसमेत एमाले उम्मेदवार रानालाई सहज हुने देखिएको छैन् । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा गठबन्धनको उम्मेदवार शान्ति अधिकारी र स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीका कारण एमाले उम्मेदवार नन्दकला राना विजयी भएको विश्लेषण गरिन्छ ।
धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमै गठबन्धनको उम्मेदवार पराजित भए जस्तै अहिले पनि प्रतिनिधिसभामा गठबन्धनको उम्मेदवारलाई सहज हुनुपर्ने हो । तर, ‘स्वतन्त्र उम्मेदवारी दिएका ओझाका कारण गठबन्धनका उम्मेदवार पन्तलाई निकै सकस छ । गठबन्धन कमजोर हुँदा पनि आरजु ब्याग भएपनि उनको उम्मेदवारी अहिले रानाको सम्भावनालाई पनि ठेस पर्याउने देखिन्छ ।
पन्तले २०७४ सालमा लडेको कैलाली ५ प्रदेशसभा २ सीटमा आफ्नै स्वकीय सचिव तथा भतिजा प्रकाश देउवालाई लगाएपछि धेरै रुष्ट छन् । कांग्रेसभित्रको किचलो र पुराना कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारीले रानालाई फाइदा हुनेमा एमाले ढुक्क छ । राना भने आफूले गरेको कामबाट जनता प्रभावित भएको र त्यही नै जितको आधार भएको दाबी गर्दै आएका छन् । धनगढी विमानस्थल, कैलालीको गौरीफन्टा नाका, धनगढी–खुटिया सडक, हुलाकी राजमार्गजस्ता विकास निर्माणका काम आफुले गरेको रानाको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार