सुनसरी–४ मा ज्ञानेन्द्रलाई एमसीसीको डर, जगदीशलाई मुस्लिम समुदायको भर !
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १८:१२:५
१४ कात्तिक, इटहरी । तत्कालिन सुनसरी-६ रहेको निर्वाचन क्षेत्र अहिले ४ मा पर्छ । यो क्षेत्र पूर्वप्रधानमन्त्री एवं तत्कालिन नेपाली कांग्रेसका सभापति स्व.गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र थियो । उनले तीन पटक यस क्षेत्रबाट निर्वाचन जितेका थिए । २०७४ को निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले जितेका थिए । तर यसपटक भने कार्कीले सहजै चुनाव जित्ने अवस्था देखिएको छैन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमाालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच प्रतिस्पर्धा हुँदैछ । केन्द्रीय राजनीतिमा प्रभाव राख्दै आएको यो क्षेत्रबाट निर्वाचित हुनेहरु सबै सत्तामा पुगेका छन् । अहिले पनि कार्की मन्त्री छन भने कुसियैत पनि पुराना र केन्द्रीय राजनीतिमा प्रभाव जमाउने पुराना कम्युनिष्ट नेता हुन् ।
पटक पटक चुनाव हारेपछि भोजपुर छाडेर सुनसरी झरेका कार्कीले गत आम निर्वाचनमा चुनाव जितेपनि उक्त क्षेत्रमा काम नगरेको आरोज स्थानीय मतदाताको छ । त्योभन्दा पनि एमसीसी पास गराउन उनले ठूलो भूमिका खेलेको भन्दै उनीको विरोध पनि भइरहेको छ । कार्की उम्मेदवार बनेको बराह नगरपालिकामा एमसीसी विरोधीहरुको बाहुल्यता छ । यहाँबाट गत निर्वाचनमा पाएको मत पनि कार्कीले नपाउने सम्भावना बढेको छ ।
०७४ को निर्वाचनमा नेपाली कांग्रेसका कार्की निर्वाचित भएको यो क्षेत्रमा मुस्लिम समुदायको बाहुल्यता छ । कोइरालाको निधनपछि जितेका कार्की अहिले बहालवाला सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत हुन् । अहिले उनै कार्की र जगदीशप्रसाद कुसियैतबीच मुख्य प्रतिस्पर्धा रोचक बनिरहेको छ । कुसियैत ०५६ सालको उपनिर्वाचन र ०७४ मा सुनसरी–४ ‘ख’बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । त्यति बेला कुुसियैतले कांग्रेसका उमेदवार रेवती दुलाललाई हराएका थिए ।
०७४ मा क्षेत्र परिवर्तन गर्दै सुनसरी आएका कार्कीले नेकपा एमालेका प्रतिस्पर्धी रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले पराजित गरेका थिए । जगदीशप्रसाद कुसियैत सुनसरीका पुराना कम्युनिस्ट नेता हुन् । उनी ०५६ मा गिरिजाप्रसाद कोइरालासँग हारेका थिए । लगत्तै ०५६ को उपनिर्वाचनमा गिरिजाप्रसादले हरि सापकोटालाई आफ्नो उत्तराधिकारी बनाउँदै निर्वाचन लडाए । त्यति बेला कुसियैतले ‘रैथाने भर्सेस आगन्तुक’को नारा लगाए र त्यही नाराले उनले बाजी मारेका थिए ।
उनको सोही नाराले २०७४ को निर्वाचनमा पनि काम गर्याे । प्रदेशसभा सदस्य पदको उमेदवार रहेका बेला उनले जातीय ‘सेन्टिमेन्ट’ पनि ‘क्यास’ गरे र विजयी भए । कुसियैत प्रदेश सरकारका वन, वातावरण तथा उद्योगमन्त्री भएर लामो समय सत्तामा रहे । त्यति बेला आफ्नो क्षेत्रमा धेरै विकास निर्माणको काम गरेको उनको जिकिर छ । लामो समय कांग्रेससहित अरू पार्टीले जिते पनि स्थानीयका लागि काम नगरेको उनको आरोप छ ।
उनको प्रभाव तल्लो तहसम्म देखिन्छ । मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा उनलाई जातीय सहानुभूति पनि प्राप्त छ । योपटक पनि कुसियैतले ०५६ सालकै नारा दोहोर्याएका छन् । विकास निर्माणको काम गरेको भन्दै मतदाता रिझाउन उनी घरदैलो गरिरहेका छन् ।
निर्वाचनमा मत दिएर जिताएर पठाएका व्यक्ति देशको प्रधानमन्त्री, मन्त्री बने पनि विकासको फड्को मार्न नसकेको यस क्षेत्रका मतदाताको आरोप छ । ०७४ मा भोजपुरको निर्वाचन क्षेत्र छाडेका ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट विजयी भएर अर्थ, कानुन र सञ्चारमन्त्री बने ।
०७४ मा पूर्वाधार विकास गर्ने आफूले गरेको वाचामध्ये ८० प्रतिशत पूरा गरेको उनको भनाइ छ । जनताको आर्थिक समृद्धि र रोजगारी सिर्जना अबको मुख्य एजेन्डा रहेको कार्कीले बताए । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा रामधुनी नगरपालिकाका वडा नम्बर ४, बराह नगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, १० र ११ पर्छन् । कोसी गाउँपालिकाका सबै वडा पनि यसै क्षेत्रमा पर्छन् ।
यस्तै, इनरुवा नगरपालिकाका वडा नम्बर ३, ४ र ८ पर्छन् । भोक्राहा गाउँपालिकाका सबै वडाहरू पर्छन् । हरिनगर गाउँपालिकाका वडा नम्बर १, २, ४, ५, ६ र ७ पनि यसै क्षेत्रमा पर्छन् । मतदाताका हिसाबले कोसी, भोक्राहा र हरिनगरा गाउँपालिकामा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास छ । यो क्षेत्रमा कुसियैतको मधेसी र स्थानीयवासीको एजेन्डाले राम्रै काम गर्ने देखिन्छ । विगतका निर्वाचन जित्न पनि यो ‘फ्याक्टर’ महत्वपूर्ण रहेको थियो । सेन्टिमेन्ट मत कुसियैतले पाउन सक्छन् ।
गएको स्थानीय तह निर्वाचनमा सुनसरीको यो क्षेत्रमा पर्ने रामधुनीबाहेक सबै पालिकाहरूमा कांग्रेस विजयी भएको थियो । मुस्लिम समुदायको बाक्लो बसोबास भएको क्षेत्र कोसी गाउँपालिकामा ऐयुब अन्सारी दोस्रोपटक अध्यक्षमा निर्वाचित भए । उनको त्यहाँ राम्रो प्रभाव छ । हरिनगरा गाउँपालिकामा पनि गफार अन्सारी दोस्रोपटक अध्यक्षमा विजयी भएर कार्य गरिरहेका छन् । मुस्लिम समुदायको मत तान्न सक्ने यी दुई नेताहरू उमेदवार कार्कीको ‘किचन क्याबिनेट’ सदस्य भएकाले बढी प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार