बीरगञ्जको स्पर्श हस्पिटलमा नाबालिका बलात्कृत, करणी प्रकरणबाट जोगिन पैसाको बहाना बनाउँदै सञ्चालक
आबिद हुसेन
कात्तिक १५, २०७९ मंगलबार १७:३७:७
१५ कात्तिक, बीरगञ्ज । बीरगञ्जको स्पर्श अस्पतालका सञ्चालक नाबालिका करणी मुद्दा फितलो बनाउने षड्यन्त्रमा लागेका छन् । फितलो व्यवस्थापनका कारण अस्पतालको शौचालयमा नाबालिका बलात्कृत हुन पुगेको घटना बाहिरिएपछि अस्पताल संचालकले त्यसलाई ढाकछोप गर्न विभिन्न प्रपञ्च गर्न थालेका हुन् ।
अस्पतालमा उपचारमा आएका बिरामीको कुरुवा बसेकी नाबालिका गएको असोज २३ गते अस्पतालको शौचालयमा बलात्कृत हुन पुगेकी थिइन् । अस्पतालमै कार्यरत एकजना कर्मचारीले नाबालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।
नाबालिका बलात्कार गरेको भन्दै उनका परिवारले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको र त्यही दिन आरोपीलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरी बताउँछन् । पक्राउ पर्नेमा अस्पतालमा सफाइ कर्मचारी बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश मण्डल हुन् ।
घटनाका बारेमा शनिबार सञ्चारमाध्यममा सार्वजनिक भएपछि अस्पताल सञ्चालक नाबालिका बलात्कार जस्तो जघन्य मुद्दालाई फितलो बनाउन लागि परेका हुन् । अस्पताल प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचार गराएको पैसा नदिनका लागि नाबालिका बलात्कारको उजुरी उनका अभिभावकले प्रहरीमा गरेको भन्दै गैरजिम्मेवार र लज्जाष्पद प्रतिकृया दिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘पैसा बुझाउन पटक पटक समय दिएर पनि पैसा नबुझाई उल्टै अस्पताललाई बदनाम गर्नका लागि विरामी बहिनीलाई प्रयोग गरि अस्पतालका कर्मचारीले बलात्कार गरेको भनेर प्रहरीमा जाहेरी दिन लगाइयो ।’
नाबालिका बलात्कार जस्तो जघन्य अपराधमा प्रहरीले अस्पतालमा कार्यरत कर्मचारीलाई पक्राउ गरि अनुसन्धान प्रकृया अघि बढाएकै बखत अस्पतालले भने बलात्कार नै नभएको बरु उल्टै पैसा तिर्नबाट उम्किन यस्तो आरोप लगाएको भन्ने आशयले विज्ञप्ति जारी गर्नुले नाबालिका बलात्कार मुद्धालाई अस्पतालले खेलाची ठानेको देखिएको छ ।
नाबालिका बलात्कार जस्तो जघन्य मुद्धामा आफू उम्किन अस्पतालले जारी गरेको विज्ञप्तिले घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई प्रभावित गर्न खोजेको देखिन्छ । यसले पीडिक आफू उम्किन अस्पतालले पीडित परिवारलाई झन पीडा थप्ने काम गरेको छ ।
र याे पनि…………………..
स्पर्श हस्पिटलमा उपचारका लागि आएकी महिला बलात्कृत, कर्मचारी पक्राउ
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार