ओली-देउवाको सुदूरपश्चिम यात्रा, चुनावी अभियानको मुख्य मुद्दा बन्यो सीमा विवाद
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १७:३३:४१
१८ कात्तिक, धनगढी । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत घरदैलो कार्यक्रम सकेर राजनीतिक दलहरु ठूला सभा र समरोहतिर लागेका छन् । मंसिर ४ को आम चुनावलाई जुनसुकै हतकण्डा अपनाएर भएपनि आफ्नो पक्षमा पार्न मुख्य दलका शीर्ष नेताहरु काठमाडौं बाट बाहिरिएका छन् ।
आज कात्तिक १८ गतेदेखि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धन देशव्यापी चुनाव प्रचार अभियानमा लागेका छन । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले अयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु उपत्यका बाहिर निस्किएका छन् ।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी गठबन्धनको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला चुनावी अभियानका क्रममा सुदूपच्चिम पुगेका छन् । देउवा अझै तीनदिन उतै बस्छन भने ओली दर्चुलाको सभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम छ ।
सत्ता नेतृत्मा आलो पालो पुगिरहने दुई दल कांग्रेस र एमालेका शीर्ष नेता सुदूरपश्चिम एकै साथ पुग्नु संयोग जस्तै भएपनि खास उदेश्य भने फरक छ । आफ्नो गृह जिल्लासमेत भएकाले देउवा चारदिने कार्यक्रम लिए र डडेल्धुरा पुगेका हुन भने केपी ओली चुनावमा राष्ट्रवादी सेन्टिमेन्ट बटुल्नका दर्चुलाबाट सुरुहुने चुनावी अभियानको उद्घाटन गर्न ।
नेकपा एमालेले ओली नेतृत्वको सरकारका समय जारी भएको नेपालको चुच्चे नक्सालाई चुनावी मुद्दा बनाएको छ । आगामी निर्वाचन पछि एमालेको सरकार भएमात्रै भारतले लिएको लिपुलेक र कालापानी फिर्ता आउने भन्दै आजबाट सुरु हुने चुनाव प्रचार अभयिानको सुरुवात गर्न ओली बिहीबार नै धनगढी गएर बसेका थिए ।
बिहीबार दिउँसो डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा भने सीमा विवादलाई राजनीतिक र चुनावी मुद्दा बनाउन नहुने भन्दै मित्रवत व्यवहारबाट समधान हुने बताएका थिए । उनले एमालेले अनावस्यक रुपमा सीमा विवादलाई चुनावी मुद्दा बनाएको भन्दै दुइदेशबीचको आपसी वार्ता विना लिपुलेक खोसर ल्याउन नसकिने भन्दै देउवाको बार्ताको वातावरण बनाउनुपर्ने बताएका थिए ।
देउवाले त्रिदेशीय सीमा समस्याको समाधान छिमेकी राष्ट्रसँग गरिने मित्रवत व्यवहारबाटै समाधान गर्न सकिने बताए पनि ओली यसैबाट चुनावमा राष्ट्रवादी भोट तान्ने कसरतमा देखिएका छन् । देउवाले लिपुलेक र कालापानीको समस्या नेपाल र भारतबीचको आपसी समझदारीबाटै समाधान गर्न सिकने दावी गरेका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले विवाद र झै झगडाबाट समस्याको निकास नआउने बताएका थिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको तर्क गरे । देउवाले लिपुलेकको समस्या पुरानो भएपनि समाधान गर्न शान्तीपूर्ण वार्ता नै पर्याप्त हुने बताए ।
भारतसँगको सीमा समस्यालाई राजनीतिक मुद्दा बनाउने वित्तिकै लिपुलेक खोसेर फिर्ता ल्याउन सकिन्छ भन्नु भ्रमपूर्ण तर्क भएको भन्दै प्रधानमन्त्री देउवाले विपक्षी एमाले नेता केपी ओलीको भोलि दार्चुलामा हुने कार्यक्रमलाई लक्षित गर्दै लिपुलेक र सीमा क्षेत्रका विषयमा मित्रवत व्यवहार नै उत्तम हुने धारणा राखका थिए । उनले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण गठबन्धन बनेको र सोही गठबन्धनले आफलाईू प्रधानमन्त्री बनाएको उनको दावी थियो ।
यसैको जवाफ आज ओलीले दार्चुलाबाट दिदैछन् । जहाँबाट एमालेले चुनावी अभियान सुरुसमेत गर्दैछ । एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार ओलीले शुक्रबार नै बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।
ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो । ओलीले दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।
एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउने तयारी छ । एकीकृत समाजवादीले अछामबाट सभाको आयोजना गर्ने कार्यतालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार