दार्चुलामा ओली सम्बोधनले कति प्रभाव पार्छ गठबन्धनका साझा उम्मेदवार बडूलाई ?
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १७:५०:१९
१७ कात्तिक, दार्चुला । सुदूरपश्चिमको दुर्गम जिल्लाका रुपमा परिचित छ दार्चुला । दुर्गम भएपनि केन्द्रिय राजनीतिमा राम्रो पकड भएका नेताहरु यो जिल्लामा छन् । आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रमा राम्रो स्थान बनाएका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका गणेशसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुदैछ ।
पार्टी फरक भएपनि उनीहरु सहयात्री हुन् । उनीहरुको वडा पनि एउटै हो भने मतदान पनि एकै ठाउबाट गर्दैछन् । यी दुइबीचको प्रतिस्पर्धा रोजक हुने विश्लेषण भइरहेका बेला नेकपा एमाले का अध्यक्ष केपी ओलीले शुक्रबार आज गर्ने सम्बोधनले गठबन्धनका साझा उम्मेदवार बडूलाई कति प्रभाव पार्छ भन्ने विषय यतिबेला सोचनीय देखिएको छ ।
आगामी चुनावको प्रचार अभियान दार्चुलाबाट सुुरू गरेर नेकपा एमालेले अलग राजनीतिक सन्देश दिन खोजेको मात्र छैन उसले यहाँबाट आफु राष्ट्रवादी पार्टी भएको सन्देश पनि दिन खोजेको छ । यही सन्देशको सेन्टिमेन्ट बटुल्न एमालले चुनावी अभियान दार्चुलाबाट सुरु गर्न लागेको हो । यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टरमार्फत दार्चुला आइसकेका छन् ।
अध्यक्ष ओलीले दार्चुला सदरमुकामबाट प्रचार अभियानको उद्घाटन गर्दैछन् । परम्परा बदलेर एमालेले दिन चाहेको राजनीतिक सन्देश अलग पाटो भयो । तर दार्चुलामा यो चुनाव रोचक हुने पृष्ठभूमि भने तयार भइसकेको छ । मुख्य प्रतिस्पर्धी उम्मेदवारका पृष्ठभूमि, राजनीतिक समीकरण र स्थानीय चुनावको नतिजाका कारणले दार्चुलाको चुनावलाई चासोका साथ हेरिएको हो ।
मुख्य प्रतिस्पर्धी शक्ति सत्तारुढ र विपक्षी गठबन्धनका नेताहरुको अभिव्यक्ति, गतिविधि र दावीले पनि चुनावलाई थप रोचक बनाएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडूले जीवनकै अन्तिम चुनाव भन्दै मत मागिरहेका छन् । लामो समयदेखि कांग्रेस केन्द्रीय नेतृत्वमा रहेका बडूलाई सत्ता गठबन्धनका दलहरुको समर्थन रहे पनि एमाले अभियानले कति प्रभाव पार्छ भन्ने पछिल्ला दिनमा मात्रै भन्न सकिन्छ ।
बडू यसपटकको निर्वाचनमा ठगुन्नाविरुद्ध पहिलो जित निकाल्ने योजनामा छन् । बडूसँग प्रतिस्पर्धा र जित निकालेरै राष्ट्रिय राजनीतिमा चिनिएका ठगुन्नालाई पनि कमजोर आँक्न सकिने अवस्था छैन् ।
२०४८ देखि दार्चुलाबाट चुनाव लड्दै आएका बडूको यो छैटौं प्रतिस्पर्धा हो । यसअघि उनले दुईपटक जितेका छन् भने तीन पटक पराजित भएका छन् । २०४८ र २०५६ को चुनाव जितेका बडूले बाँकी चुनावमा पराजित भए । ६८ वर्ष पुगेका बडू २०५१ मा एमालेका प्रेमसिंह धामी, २०६४ मा माओवादीका लक्ष्मणदत्त जोशी र २०७० मा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित भए । २०७४ मा उनी समानुपातिकमा बसे ।
यसपटक पनि एमालेका ठगुन्नासँगै उनी प्रतिस्पर्धामा छन् । ठगुन्नासँग बडूको यो तेस्रो प्रतिस्पर्धा हो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका लक्ष्मणदत्त जोशीले जित्दा बडूले भन्दा धेरै मत ठगुन्नाले पाएका थिए । त्यसैले बडू यसपटकको निर्वाचनमा ठगुन्नाविरुद्ध पहिलो जित निकाल्ने योजनासहित मैदानमा छन् ।
यसपटक दार्चुलामा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा रहेकाले चासोका साथ हेरिएको छ । नेताहरुले यो चुनावलाई प्रतिष्ठाकै विषय बनाएको देखिन्छ । बडूसँग त मन्त्रीको हैसियत र सत्ता गठबन्धनका दलहरुकै साथ छ । २०६४ यता लगातार चुनाव जित्दै आएका कम्युनिष्ट नेताहरु नै जिताउन हिँड्दा पनि नजिते जान सक्ने सन्देशबाट बडू र कांग्रेस नेताहरु सचेत देखिन्छन् । तर स्थानीय चुनावको नतिजाले भने बडू ढुक्क हुने अवस्था छैन् । नौ स्थानीय तहमध्ये एमालेले पाँच र माओवादी केन्द्रले चार पालिका जितेको छ ।
वडाध्यक्षका उम्मेदवारहरुले ल्याएको मत जोडदा एमालेसँग २९ हजार ३९७ हुन्छ । कांग्रेसले २१ हजार ५५४ र माओवादी केन्द्रले ७ हजार ८८१ मत ल्याएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गर्नुको लाभ माओवादी केन्द्रलाई मिलेको थियो । तर २०६४ सालदेखि कम्युनिष्ट उम्मेदवारलाई जिताउँदा दार्चुला पछाडि परेको अनुभूति जनताले राम्रैसँग गरेका छन् ।
यो जिल्लाको मुख्य विषय भनेको एक दशक अगाडि सुरु भएको सदरमुकाम खलंगादेखि ब्यासको तिंकर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पूरा हुन सकेको छैन । यो सडक खण्डालाई अहिले कञ्चनपुरको ब्रह्मदेव, डडेलधुरा बैतडी हुँदै दार्चुलाको तिंकर पुग्ने गरी महाकाली करिडोर नामकरण गरिएको छ । हरेक चुनावमा दलहरुको एजेण्डामा पर्ने यो सडकखण्ड निर्माणमा कुनै तत्परता नदेखाइएको स्थानीयको गुनासो छ । यसले पनि मत प्रभावित बनाउने अवस्था छ ।
ओली प्रधानमन्त्री हुँदा तुइनमुक्त बनाउन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बनाउने भनेपनि अझै ब्याँस–२ दुम्लिङमा झोलुङ्गे पुल छैन । यसपटक पनि उम्मेदवारहरुले फेरि सडक, विद्युत, विमानस्थल, तुइन, खानेपानी जस्ता विकासका पूर्वाधारलाई चुनाव जित्ने एजेण्डा बनाएका छन् । आज ओलीले गर्ने सम्बोधनबाट यो क्षेत्रका जनताकति प्रभावित हुन्छन त्यसले पनि चुनावी परिणाममा प्रभाव पार्न सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार