एमालेको भरोसामा सप्तरी-२ बाट उम्मेदवारी दिएका जसपा अध्यक्ष यादवलाई अझै असहज
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार १८:३२:५०
१८ कात्तिक, सप्तरी । आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षित निर्वाचन क्षेत्र खोज्ने क्रममा सप्तरी क्षेत्र न. २ आइपुगेको जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादव एमालेको साथ पाएर पनि अझै ढुक्क देखिएका छैनन् । सप्तरीको मलेठ घटनाले गर्दा एमालेको समर्थन रहेपछि स्थानीय मतदाताले आफुलाई मतदान गर्ने कुरामा यादव विश्वस्त हुन सकिरहेका छैनन्।
यो क्षेत्रमा दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला यादवकै कारण पनि निकै चर्चामा छ । दलसँग आवद्ध केही नेता कार्यकर्ता प्रचार अभियानमा जुटेपनि यस क्षेत्रका निर्णायक मतदाताहरूमा उम्मेदवारप्रति उत्साह देखिएको छैन् ।
ओली नेतृत्वको सरकार हटाउँदा देखि स्थानीय तहको निर्वाचनमा संगै गएको यादव नेतृत्वको जसपा अन्तिम समयमा आएर सत्ता गठबन्धनबाट बारिरिएर एमालेसँग मिल्न गएको थियो । नेकपा एमालेका अध्यक्ष ओलीले पनि मधेशमा एमालेको पक्षमा मत तान्न सहज हुने भन्दै जसपासँग सहकार्य गरेका थिए । ओलीले एमाले कार्यकर्ताहरुलाई पनि यादवलाई जिताउन निर्देशन दिइसकेका छन् । मधेश प्रदेशमा एमालेसँग गठबन्धन गरेर गए पनि यादव आफ्नै निर्वाचन क्षेत्रका एमाले कार्यकर्ताप्रति विश्वस्त देखिएका छैनन् ।
मतदान गर्ने मतदाता हुन् । उम्मेदवारलाई मतदाताहरूले नै यसपालि फलानो उम्मेदवार नभनेकाले यो निर्वाचन क्षेत्रको चुनावी परिणामको आंकलन पनि जटिल बन्दै गएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरी २ मा सिके राउत नयाँ उम्मेदवार हुन् । उनी यस क्षेत्रमा पहिलोपटक चुनाव लड्दै छन् ।
जसपाका यादव र राउतको जति राजनीतिक चर्चा नपाए पनि जयप्रकाश ठाकुर यस क्षेत्रका पुराना बलिया उम्मेदवार हुन् । उनी ०७४ को संसदीय निर्वाचनमा उपेन्द्र यादवसँग पराजित भएका थिए । ठाकुरसँगै सिके राउत प्रतिस्पर्धामा उत्रीएपछि उपेन्द्रलाई यस क्षेत्रमा जित दोहर्याउन सकस हुने देखिएको छ । मधेस आन्दोलनको लिगेसीले उनलाई कति साथ दिन्छ त्यो पनि अहिलेको माहोल हेर्दा यसै भन्न सकिने अवस्था छैन् ।
सप्तरी निर्वाचन क्षेत्र नं २ मा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू रहेका छन् । १६ वटा वडा रहेको राजविराज नगरपालिका जसपाले जितेको छ भने आठवटा वडा रहेको तिलाठी गाउँपालिका काँग्रेसले जितेको छ । लोसपाले दुईटा गाउँपालिका जितेको छ । सातवटा वडा भएको छिनमस्ता गाउँपालिका र छवटा वडा भएको महादेवा गाउँपालिका लोसपाले जितेको छ ।
जसपा–एमाले गठबन्धनको मत जोड्दा १९ हजार २ सय ७१ मत मात्र पुग्छ तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, लोसपा र नेकपा (एस) को मत जोड्दा ३६ हजार ९ सय ९२ मत पुग्छ । लगभग जसपा–एमाले गठबन्धनभन्दा दोब्बर बढी मत सत्ता गठबन्धनले स्थानीय तहमा ल्याएको छ ।
जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनबीच दोब्बर मतले फरक हुँदा पनि जसपाका अध्यक्ष उपेन्द्र यादव भने आफूले नै जित्ने दाबी गरिरहेका छन् । ०७४ को प्रतिनिधिसभा चुनावमा सप्तरी–२ बाट नै उपेन्द्र यादव विजयी बनेका थिए । उनले २१ हजार ६ सय २० मत ल्याएका थिए । बागी उम्मेदवारी दिएका जयप्रकाशले ९ हजार ४५९ मत ल्याएका थिए ।
आगामी निर्वाचनमा पनि यादव जयप्रकाशबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । एकल पार्टी मतको हिसावले जसपा र लोसपा बराबरमै छन् । सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई मत अहाउने भएपनि दुबैका लागि यो क्षेत्र उत्तिकै चुनौतीका रुपमा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार