मंसिर ४ को चुनाव संविधानका पक्षधर र विघटनका पक्षधरबीचको लडाई होः प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक १८, २०७९ शुक्रबार २१:२१:५
१८ कात्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचन विगतमा भएका आम निर्वाचन जस्तो नभएको बताएका छन् । उनले यो निर्वाचन संविधानको पक्षधर र संविधान विघटन गर्न चाहने पक्षबीच बनेका दुईवटा गठबन्धनबीच वारपारको लडाइ भएको दावी गरेका छन् ।
सत्ता गठबन्धन दलहरूको चुनावी जन–भेटघाट कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका–१२ दसकिलोमा भएको कोणसभालाई सम्वोधन गर्दै उनले समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहने गठबन्धनलाई मंसिर चारको महासंग्राममा पराजित गर्नुपर्ने बताए । यस पटक निर्वाचनमा नेपालमा समान्ती निरंकुशतासहितको राजतन्त्र पुनस्थापना चाहनेहरूको छुट्टै गठबन्धन आफुहरुसँग प्रतिस्पर्धा गर्न आएको उनको भनाइ थियो ।
प्रचण्डले पाँच दलीय गठबन्धन र अर्को गठबन्धन मंसिर ४ को निर्वाचनमा आमने–सामने हुने बताए । जनताले पाएको संवैधानिक अधिकार रक्षा गर्ने पक्षमा रहेको आफूहरूको गठबन्धन र संविधान मिच्ने र च्यात्ने पक्षको अर्को गठबन्धनको फैसला मंसिर ४ मा हुने निर्वाचनमा जनताले गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो गठबन्धन लोकतान्त्रिक गणतन्त्रको घोषणा, महिला, दलित, आदिवासी, जनजाति, मुस्लीम थारु सबैलाई पहिचान र अधिकार सहितको संविधानको पक्षमा छ । अर्को गठबन्धन जो यो संविधानलाई कुनै न कुनै रुपमा विघटन गराउन चाहन्छ । समावेशी समानुपाति मान्यतालाई उल्टाउन चाहन्छ । गणतन्त्रप्रति नकरात्मक घारणा राख्न चाहन्छ । फेरि एक पटक नेपालमा समान्ती निरंकुशता सहितको राजतन्त्र पुनःस्थापना चाहनेहरूको गठबन्धन छ ।’
आफूहरूको गठबन्धन पवित्र रहेको दाबी गर्दै उनले अर्को गठबन्धन स्वभाविक नभएको बताए । सत्ता गठबन्धन अग्रगमनको पक्षमा उभिएको र अग्रगमनलाई जिताउने र पश्चगमनलाई पराजित गर्ने अवसर हाम्रो जनताको अगारी आएको बताए । उनले कसैले पनि एक भोट तलमाथि गरे विपक्ष्ँी गठबन्धनलार्य फाइदा पुग्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार