चुनावी अभियानः सत्ता गठबन्धनको भद्रगोल, विपक्षीको आक्रामक
नेपालबहस संवाददाता
कात्तिक १९, २०७९ शनिबार १५:४०:१६
१८ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले प्रचार अभियानलाई तिब्र बनाएका छन् । आगमी निर्वाचनमा दल विशेषभन्दा पनि गठबन्धन-गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।
घरदैलो र अगुवा कार्यकर्ता प्रशिक्षणका सामान्य कार्यक्रम संयुक्त रुपमा गरेका सत्ता गठबन्धनमा रहेका दलहरुले पछिल्लो दिनमा मतदातालाई लोभ्याउने खालका कार्यक्रम दिन सकेका छैनन् । उता, विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेले भने प्रचारमा आक्रामक शैली अपनाएको छ ।
शुक्रबार दार्चुलाबाट आक्रामक चुनावी अभियान सुरु गरेको एमालेका अगाडी सत्ता गठबन्धनका कार्यक्रम फिक्का देखिएका छन् । सत्ता गठबन्धनले अब आफ्ना कार्यक्रमलार्य कसरी अगाडी लान्छ भन्ने खाकासमेत बनाएको छैन् । उसका साझा एजेण्डा के हुन र किन मतदान गर्ने भन्ने स्पस्ट आधार छैन् । एउटै ओली प्रतिगमनको नाराले अब जनता वाक्क हुेन अवस्था आइसकेकोे छ ।
एमालेले कम्तीमा ४० जिल्लामा अध्यक्ष ओलीलाई पुर्याउने योजना बनाएर अगाडी बढेको छ । तर, सत्ता गठबन्धनका शीर्ष नेता कहाँ छन् भन्ने पत्तोसमेत हुन छाडेको छ । विपक्षी गठबन्धनका अधिकांश पदाधिकारी आफ्नो चुनाव क्षेत्रमा केन्द्रित रहेको र जिल्लाहरुबाट पनि अध्यक्ष ओलीकै माग भइरहेको छ । उसले सबै प्रदेश र पहाड–तरार्ईलाई मिलाएर कम्तीमा ४० जिल्लामा अध्यक्षलाई लैजाने कार्यक्रम बनाएको छ ।
एमालेले चुनावी सभाहरु गरिरहँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने योजनाविहीन देखिन्छ । २३ असोजमा उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनमा आवद्ध ५ दलले ७ वटै प्रदेशमा कार्यकर्ता भेला गरेको थियो । तर प्रचार सुरु भएपछि जिल्ला वा निर्वाचन क्षेत्रमा शीर्ष नेताहरुको उपस्थितिमा सभा गर्ने योजना छैन । कांग्रेसको निर्वाचन परिचालन समितिका प्रमुख गोपालमान श्रेष्ठ आफै अलमलमा छन् । सभापति गृहजिल्लामा पुगेका छन भने अरु कार्यक्रम बनाउन गोपालमानलाई भेउनै छैन् ।
ऋलिकति चल्दापुर्जा भनेका कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबै आफ्नै चुनाव क्षेत्रमा केन्द्रित छन् । महामन्त्री थापा काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवार छन् । उम्मेदवारी दर्तादेखि नै निर्वाचन क्षेत्रमा भेटघाट थालेका थापाले शुक्रबारदेखि घरदैलो अभियान थालेका छन् । थापाको निजी सचिवालयका अनुसार उनी कात्तिक २४÷२५ तिर केही जिल्लामा जाने तयारी छ ।
अर्का महामन्त्री शर्मा झापा १ मा केन्द्रित भएका छन् । उनले पनि अर्को साता केही जिल्लामा जाने तयारी रहेको बताए । उम्मेदवार नभएका केही नेताहरुलाई उम्मेदवारहरुले बोलाएर जाने गरेका छन् । तर पार्टीले योजना बनाएर सभा गर्ने र नेताहरुलाई खटाउने कुनै योजना नभएको नेताहरु बताउँछन् । सत्ता गठबन्धन अरु नेताहरुको चुनावी अभिायना मन्द छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार