नेपाल प्रहरी श्रीमती संघ र प्याव्सनबीच छात्रवृत्ति तथा भर्ना शुल्क नलिने सम्झौता
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २३:२३:१३
२० कात्तिक, काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल ‘प्याव्सन’बीच छात्रवृत्ति तथा भर्ना शुल्क नलिने सम्झौता भएकाे छ । प्रहरी श्रीमती संघ र प्याव्सनबीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क नलिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।
नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष कुसुम लता सिंह र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल ‘प्याव्सन’ कोतर्फबाट प्याबसनका अध्यक्ष डीके ढुंगानाले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेकाे बताइएकाे छ ।
कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याफएको योगदानको उच्च मूल्याङ्कन गरी प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन । साथै उनले आगामी दिनमा समेत संघ र प्यावसनबीचको सहकार्य र समन्वय भइरहने बताइन ।
प्याबसनका अध्यक्ष डीके ढुंगानाले राम्रो काम थालनी भएको चर्चा गर्दै शान्ति सुरक्षाका लागि अनवरत खटिने प्रहरी कर्मचारीका सन्ततीहरूलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै नेपाल प्रहरी श्रीमती संघसँगको समन्वय र सहकार्यमा शैक्षिक गुणस्तर स्तरोन्नती गर्न यस्ता सम्झौताले थप टेवा पुग्ने विचार उनले व्यक्त गरे ।
प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म छात्रवृत्ति कार्यक्रम संचालन गर्ने र एक सदस्य विद्यालयले १ जना विद्यार्थी पूर्ण दिवा छात्रवृत्ति उपलब्ध गराउने तथा छात्रवृत्तिमा समावेश नभएकाको हकमा भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ । याे सम्झौता आगामी २०८१ सालसम्म २ वर्षका लागि लागू हुनेछ । उक्त अवसरमा प्याबसनका पदाधिकारीहरू, श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार