आजबाट माइराम पोखरी अतिक्रमण गरेर बनेका संरचना भत्काउन सुरु
आबिद हुसेन
कात्तिक २१, २०७९ मंगलबार ०:२०:३६
२१ कात्तिक, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाको टोलीले आजबाट पोखरीले चर्चेको जमिनमा बनाइएका अबैध संरचना हटाउन थालेको हो ।
नगर प्रहरी र नक्सा शाखाका प्रमुख सहित पुगेको टोलीले पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएको अबैध संरचना भत्काएर हटाउन सुरु गरेको हो । सुरुमा निर्माण गरिएका संरचनाको निस्सा पेश गर्न समय दिएको महानगरले आइतबार घरघरमै पुगेर संरचना हटाउन आग्रह गरेको थियो । तर महानगरको आदेशलाई अटेर गर्दै हटाउन नमानेपछि आजबाट भने ती संरचना भत्काएर खाली गर्न सुरु गरिएको हो ।
आज पहिलो दिन केही संरचना भत्काएर अन्यलाई चेतावनी दिइएको र उनीहरुले नहटाए डोजरै लगाएर हटाउन आफूहरु पछि नपर्ने महानगरका नक्सा शाखा प्रमुख रामसेवक महतो बताउँछन् । महानगरपालिकाका मेयर राजेशमान सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै पोखरीको सबै जग्गा फिर्ता ल्याउन अतिक्रमण गरेर बनेका संरचना हटाउन सुरु गरिएको जानकारी दिए ।
महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ । अहिले पोखरी रहेको स्थानमा यसअघिका मेयर विजय सरावगीले चिल्ड्रेन पार्क निर्माण गरेर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको स्थानीयको आरोप छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार