कांग्रेसभित्रका बागी र अन्तर्घातको छिद्र खोज्दै एमाले
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार १५:३४:५९
२२ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सत्ता पक्ष र विपक्षी गठबन्धनबीच हुने प्रतिस्पर्धामा विषेश गरेर नेकपा एमालेले कांग्रेसभित्रको अन्तर्घातलाई बढीभन्दा बढी उपयोग गर्ने रणनीति लिएको छ । कांग्रेसमा केन्द्रीय तहका प्रभावशाली नेताहरुलाई नै हराउन हुनसक्ने अन्तर्घातको उपयोग गरेर गठबन्धनलाई नै ९० सीटभित्र खुम्च्याउने रणनीति एमाले अध्यक्ष केपी शर्मा ओलीले अंगिकार गरेको बताइन्छ ।
विगतका निर्वाचनमा आफ्नै पार्टीका बागी उम्मेदवारको चुनौती झेल्दै आएको कांग्रेसले यस पटक पनि धेरै बागीको सामना कम गर्नुपर्ने देखिएको छ । यसलाई विपक्षी एमालेले चुनावमा केही सीट बढाउने गतिले अस्त्रका रुपमा लिएको छ । टिकट वितरणका क्रममा देखिएको तीव्र असन्तुष्टि र गुटगत प्रतिस्पर्धाका कारण कांग्रेसमा अन्तर्घातको सम्भावना विगतभन्दा यो पटक बढी हुने सम्भावना देखाएको छ । कतिपय क्षेत्रमा शेखर कोइराला पक्षलाई बढी अन्तर्घात हुने स्थिति देखिएको कांग्रेस नेताहरुकै अनुमान छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार कांग्रेसले प्रतिनिधिसभाका ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये केही ठाउँमा कांग्रेसका आफ्नै बागी उम्मेदवार बलिया देखिएका छन् । देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा रहेको छ । केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा सक्रिय देखिएका छन् ।
केन्द्रीयस्तरमा प्रभाव राख्ने एकएक नेता समातेर हरेक जिल्लामा नेताहरूले आ–आफ्ना गुट चलाइरहेका छन् । संस्थापन समूहका पनि छुट्टाछुट्टै गुटहरू छन् । जसमा सभापति शेरबहादुर देउवानिकट गुटको नेतृत्व हरेक जिल्लामा छ । यी गुटहको अवस्था बुझेर सकेसम्म खेल्न ओलीले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसमा यसरी देखिएका गुटैगुटका कारण पार्टीका आन्तरिक चुनावमा विपक्षी उम्मेदवारलाई निकै ठुलो फाइदा पुग्ने स्थिति सिर्जना हुँदै आएको स्थानीयहरू बताउँछन् ।
त्यस्ता प्रतिस्पर्धाहरू वडास्तरबाटै सुरु भएर जिल्लास्तरमा पुग्दा घमासान बन्ने गरेका छन् । गुट–उपगुटकै कारण कतिपय अवस्थामा जिल्लाका प्रभावशाली नेताहरू नै वडा तथा एकाइस्तरमै पराजित भएका उदाहरण पनि छन् । जसले विभिन्न खाले तुषको स्थिति देखापर्दै आएको स्थानीय जानकारहरूको बुझाइ छ । आन्तरिक चुनावका क्रममा गुटहरू बनाउने र त्यसमा हुने जितहारलाई लिएर आम निर्वाचनसम्म रोष प्रकट गर्ने स्थिति विगतमा देखिएको र भनिँदै आएको इतिहास छ । जुन कतिपय अवस्थामा गलत हल्ला मात्रै भए पनि आंशिक सत्यता धेरैमा देखिएको छ ।
यसपटक कांग्रेसभित्रको यस्तो विभक्त स्वरूपको फाइदा लिने रणनीतिमा विपक्षी छन् । कैलाली कै कुरा गर्ने हो भने एमाले र नागरिक उन्मुक्ति पार्टी बढी सक्रिय देखिन्छन्। विशेषगरी निर्वाचन क्षेत्र नम्बर १ र २ मा यस्तो अभ्यास देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसभित्र बढी असन्तुष्टि देखिन्छ । कांग्रेसभित्र रहेका अनेक अप्ठ्यारामध्ये पहिलो केन्द्रीय सदस्यमा मनोनीत नगरेको भन्दै बिच्किएका पूर्वसांसद एवं पूर्वकेन्द्रीय सदस्य पार्वती डिसी चौधरीले पार्टी छाड्नु रहेको छ । उनी अहिले नागरिक उन्मुक्ति पार्टीको समानुपातिक बन्दसूचीमा परेकी छन् ।
उता सिट बाँडफाँटमा क्षेत्र नम्बर १ नेकपा एसलाई दिइएको भन्दै कांग्रेसभित्र अर्को असन्तुष्टि छ । सोही क्षेत्रमा प्रदेशसभा (ख) मा तमाम पाका नेतालाई पाखा लगाएर खुमबहादुर खड्काका २८ वर्षीय छोरालाई उम्मेदवार बनाइएको भन्दै अर्को असन्तुष्टि छ । यी फरकफरक असन्तुष्टि मिलाउन हम्मेहम्मे परिरहेको सत्ता गठबन्धनका स्थानीय नेता–कार्यकर्ता बताउँछन् ।
सिन्धुपाल्चोक–२ धादिङ–२ मा पनि बागीले कांग्रेसलाई समस्या बनाएको छ । सर्लाही–४ मा पनि कांग्रेसका लागि चुनौती छ । जिल्ला सभापति नागेन्द्रकुमार रायविरुद्ध कांग्रेसकै निवर्तमान सांसद अमरेशकुमार सिंह र माओवादीका मधुमलाकुमारी यादव बागी उम्मेदवार छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी र लोसपा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
कांग्रेसलाई कारबाहीमा परेका पार्टीका पूर्वनेताहरू पनि चुनौती बनेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी (तनहुँ १) ले उम्मेदवारी दिएका छन् । पौडेल र पूर्वकांग्रेस नेता जोशीबीच लामो समयदेखि द्वन्द्व छ । गत स्थानीय निर्वाचनमा पनि जोशीले आफ्ना छोरा दीपकराज जोशीलाई कांग्रेसविरुद्ध उम्मेदवार बनाएका थिए । त्यस्तै कैलाली ५ मा कांग्रेसका आधिकारिक उम्मेदवार डिल्लीराज पन्तविरुद्ध कांग्रेसकै पूर्वसांसद पुष्करनाथ ओझा उम्मेदवार बनेका छन् । ओझा त्यहाँका पुराना नेता हुन् । ओझा २०७४ को निर्वाचनमा देउवापत्नी आरजु राणाविरुद्ध उम्मेदवार भएपछि कांग्रेसले कारबाही गरेको थियो ।
कांग्रेसविरुद्ध गठबन्धन दलका बागी पनि नगन्य छन् । कांग्रेसको भागमा परेका तीन स्थानमा मात्र माओवादीका बागी उम्मेदवार छन् । सर्लाहीबाहेक धनकुटा र सप्तरी–१ मा कांग्रेसविरुद्ध माओवादीका बागी उम्मेदवार छन् । धनकुटामा कांग्रेसले केन्द्रीय सदस्य सुनीलबहादुर थापालाई उम्मेदवार बनाएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर करिब २ वर्षअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनीविरुद्ध माओवादीका हेमराज भण्डारी बागी उठेका छन् । उनी पार्टीका पोलिटब्युरो सदस्य हुन् । भण्डारीको उम्मेदवारीले थापालाई चुनौती बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार