वार्ता भइरहेकाे छ, विप्लव समूहले चुनाव बिथोल्न मिल्दैन : गृहमन्त्री
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार १८:२९:३७
२२ कात्तिक, बुटवल । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याउन सरकार र समूहबीच वार्ता भइरहेको बताएका छन् । उनले विप्लव समूले राखेका माग क्रमश: सम्बोधन भइरहेको भन्दै चुनाव बिथोल्ने कुनै किसिमका गतिविधि गर्न नमिल्ने बताएका छन् ।
मंगलबार रुपन्देहीको तिलोत्तमास्थित करौजियामा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँग २ दिनअघि भैरहवामा यस विषयमा वार्ता भएको र थप वार्ता जारी राख्ने सहमतिसमेत भएको जनाए । उनले विप्लव नेतृत्वमा रहेको समूहका नेता कार्यकर्ता रिहाइको काम पनि सरकारले गरिरहेको दाबी गरेका छन् ।
उनले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायत विषय वार्तामा छलफल अहिले पनि जारी रहेकाले उक्त समूह चुनावमा भाग लिन तयार हुनुकाे विकल्प नरहेकाे बताए । पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरुलाई छोडिसकेको भन्दै खाणले अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइएको बताए ।
खाणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन सहमत भए प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव सरकारी पक्षले वार्तामा सर्त राखेको जानकारी दिए ।
उनले भने, ‘उहाँहरू शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट धरपकड हुनेछैन । हामीले वचन दिएका छौँ । तर, मतदान बिथोल्न खोजे र मतदातालाई आतंकित पारेकाे खण्डमा सरकार बाध्य भएर कारवाहीमा जानुपर्छ । यो वातावरण नबनाउन भनेका छौँ ।’
नेकपा वार्ता टोलीका संयोजक प्रकाण्डले काठमाडौंमा जारी रहेको उक्त पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल गर्ने बताएको गृहमन्त्री खाणले बताए । गृहमन्त्री खाणले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र विद्रोहको बाटोमा लागेका समूहलाई मूलधारमा ल्याउने थरुहट समूहसँग पनि सरकारले वार्ताको पहल गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार