नेतृत्व परिवर्तनका लागि मेरो जित आवश्यक छः गगन थापा
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २२:१९:५६
२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफ्नो जित अनिर्वाय भएको बताएका छन् । उनले आफूलाई संसदमा निर्वाचित गरे नेतृत्व परिवर्तनका लागि पार्टीभित्र दवाव पर्ने उनको भनाइ छ । आफू सांसद भए मात्रै कांग्रेसभित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन गर्न सम्भव हुने थापनले बताएकबा छन् ।
नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार काठमाडौं– ४ मा आयोजना गरेको कार्यक्रममा उनले आफूले निर्वाचन जितेर गए मात्रै मतदाताले चाहेअनुसार नेतृत्व परिवर्तन हुने बताए । आफूलाई संसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीति पूरै सुधार गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।
‘कोही प्रधानमन्त्री निर्वाचित हुने होइन । यहाँ त सांसद निर्वाचित भएर जाने हो । अनि, त्यो सांसद आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ । अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दाबी गर्न पाउँछ,’ उनले भने, ‘मेरो मतदातालाई गएर तपाईंले यो कुरा बताइदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन् । भनिदिनुपर्नेछ– कुरा बुझाइदिनुपर्नेछ । तपाईं आफैँ हुनुहुन्छ त्यो ठाउँमा । तपाईं गइदिनुपर्नेछ । तपाईंहरू मलाई अवसर दिनुहोस् । म तपाईंहरूलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु ।’
महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनीसमेत दिए । उनले मतदाताले पनि कुन उम्मेदवार कस्तो हो र उसलाई किन मतदान गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार