४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी, भान्छा र सुत्ने कोठा एकै ठाउँमा
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २१:८:३०
२४ कात्तिक, कावासोती । पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर ४७ वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको प्रहरी कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा खेप्दै आएका छन् ।
विसं २०३२ मा स्थापित प्रहरी कार्यालयले आफ्नै भवन नहुँदा अहिलेसम्म पनि भाडाको घरबाट नै सेवा प्रवाह गरिरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख करमुल्ला धोबीले जानकारी दिए । मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने अवस्था आउँदा थुनुवालाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने बाध्यता रहेको धोबी बताउछन ।
“कूल १७ जनाको दरबन्दी रहेको प्रहरी कार्यालयमा थुनुवा कक्ष मात्रै होइन सामान्य आधारभूत आवश्यकताका सुविधा पनि छैनन्, प्रहरी कार्यालयका प्रहरी कर्मचारी र थुनुवाले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ”, उनले भने, “सोलारले काम नगर्दा अन्धकार हुन्छ, खानेपानीको समस्या छ, कार्यालय, भान्छा कोठा, सुत्ने कोठा एकै ठाउँबाट चलाउनुपर्ने अवस्था छ ।”
भाडाको भए पनि प्रहरी कार्यालयको छानाबाट हिउँदमा पर्ने शीतसमेत चुहिन लागेपछि त्रिपाल हालेर छोपिएको उनले जानकारी दिए । शान्तिसुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित रहेका छन् । प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए ।
प्रहरी कार्यालयका लागि भवन निर्माण गर्न गाउँपालिकाको समन्वयमा राजनीतिक दल र स्थानीयवासीको सहमतिसहित अहिलेको भाडाको घर भए नजिकै जग्गा व्यवस्थापन गरेर गृह मन्त्रालय पठाइएको तिवारीले बताए । बाध्यता भएका कारण जीर्ण वा असुरक्षित संरचनामै बसेर पनि कर्तव्य पूरा गरिरहेको बताउँदै उनले भवनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएकाले छिट्टै प्रहरी चौकीको आफ्नै भवन हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार