जय नेपाल र लालसलाम मिलेपछि देशमा जुनसुकै परिवर्तन सम्भव छः प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २१:५४:४३
२४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जय नेपाल र लालसलाम मिलेपछि देशमा कुनै पनि परिवर्तन असम्भव नहुने बताएका छन् । उनले देशमा ठूला राजनीतिक परिवर्तन जय नेपाल र लालसलाम मिलेर नै भएको बताउदै अब आर्थिक परिवर्तनको सिंगो एजेण्डा बोकेर जय नेपाल र लालसलाम जनतामाझ आएको बताएका छन् ।
प्रचण्डले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिनमा जय नेपाल र लालसलाम एकैठाउँमा आएको बताउँदै अबको निर्वाचनमा पनि मिलेर अघि बढ्न कार्यकर्तालाई सुझाव दिएका छन् । गोरखामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा सुरुमै उनले जय नेपालबाट सुरु गरेका थिए ।
‘विस्तृत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेपछि शान्तिको नयाँ प्रक्रिया पनि सुरु भयो,उनले भने, ‘देश त्यसपछि गणतन्त्रमा जाने प्रक्रिया सुरु गरिएको हो । जुनदिन गिरिजाप्रसाद कोइराला र मैले एउटै काजगमा हस्ताक्षर गर्यौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा उभिएका हुन् ।’उनले दुवै पार्टीका कार्यकर्ताले एक अर्कालाई सहयोग गर्न आग्रह पनि गरे ।
प्रचण्डले भने, ‘हामी भ्रममा नपरौँ । यो देशमा ठूला परिवर्तन जय नेपाल र लालसलाम मिलेरै भएका छन् । गिरिजाबाबु र मैले हस्ताक्षर गरेको दिनबाट मैले पनि रुखमा भोट हाल्न सुरु गरेको हो । गिरिजाबाबुले पनि हँसिया हथौडामा भोट हाल्न सुरु गर्नुभएको हो । अहिले पनि हामी मिलेनौँ भने परिवर्तन उल्टिन सक्छ ।’
गोरखा जिल्ला अजिरकोट गाउँपालिका–३, भच्चेकमा सम्बोधन गर्दै कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । उनले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको बताए । प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको उनको आरोप थियो ।
उनले भने, ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ ।’ नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको प्रचण्डको आरोप छ । उनले अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बताए । गोरखाको विकासको लागि कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार