भारत टि २० विश्वकपकाे सेमिफाइनलमा इङ्ल्याण्डसँग पराजित, फाइनलमा पाकिस्तान र इङ्ल्याण्ड भिड्ने
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २३:६:२७
२२ कात्तिक, काठमाडौं । टि २० विश्वकपका आज भएको खेलमा भारतले इङ्ल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ । हारसँगै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।
भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्ड बिना कुनै विकेट क्षति १६ ओभरमै पुरा गर्न सफल भयो । इङ्ल्याण्डको सहज जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे।एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रन बनाए ।
विराट कोहलीकाे प्रयास निकै रह्याे । उनले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै कोहली टी-२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । उनीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् । लोकेश राहुल ५ रनमा क्याच आउट भए ।
रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषभ पन्तले ६ रन जोडे।
इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट लिए ।
अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तानसँग आइतबार प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार