निर्वाचनको मुखमा ओलीकाे अनौठो शैली, मध्यराति पुगे नाइट क्लबमा
नेपालबहस संवाददाता
कात्तिक २६, २०७९ शनिबार १९:४२:१५
२६ कात्तिक, काठमाडौं । आमनिर्वाचन आउन ७ दिन बाँकी छ । यतिबेला शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । आफ्ना दलका उम्मेदवारलाई भोट माग्न राजनीतिक दलका शीर्ष नेताहरु विभिन्न स्थानमा चुनावी सभामा निस्किएका छन् । उनीहरुले मतदातालाई लक्षित गर्दै विभिन्न आश्वासन बाँडिरहेका छन्।
यता निर्वाचनको प्रचारप्रसारको सम्मुखमा नेकपा एमालेका अध्यक्ष केपी ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी ‘लर्ड अफ ड्रिंक्स’ क्लबमा पुगे ।
गएराति अचानक केही सहयोगीहरुका साथ एलओडी नामक नाइट क्लबमा केही समय बिताएका थिए। निर्वाचनको मुखमा ओलीको यो एउटा अर्को अनौठो शैली देखिएको हो।
काठमाडौंको ठमेलस्थित सो क्लबको मञ्चमा रातो ज्याकेटमा उनी एक्कासि देखापर्दा क्लबमा भेला भएकाहरु छक्क परेका थिए। शुक्रबारको राति भएकाले नाइट क्लबमा युवायुवतीहरुको निकै भिडभाड पनि थियो।
ओलीले क्लबमा बोल्दै गरेको र हात हल्लाएर उपस्थितहरुलाई अभिवादन गर्दै गरेको तस्वीरहरु आफ्नो पेजबाट सार्वजानिक पनि गरेका छन्। बालकोट नामक ओलीको फेसवुकमा सार्वजनिक तस्वीरहरुमा ओली क्लबको मञ्चमा पुग्दा केहीले राष्ट्रिय झण्डा पनि देखाएका छन् ।ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् ।
चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार