रिजर्भ फोर्सका सुरक्षाकर्मीहरु काठमाडौंबाहिर पठाइदै
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार १३:२९:१६
२७ कात्तिक, काठमाडौं । सेना र म्यादी प्रहरी परिचालनले समेत नपुगरे निर्वाचन सुरक्षाका लागि काठमाडौ उपत्यकामा रहेका प्रहरी कर्मचारीलाई बाहिर पठाइएको छ । काठमाडौं उपत्यकामा रिजर्भ फोर्समा रहेका प्रहरी कर्मचारीलाई काठमाडौं बाहिर पठाइएको हो ।
प्रहरी प्रधानकार्यालयका अनुसार बाहिर जिल्लामा १२ हजार प्रहरी पठाइएको छ । प्रहरी प्रधान कार्यालयले मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि शुक्रबारबाट बाहिरी जिल्लामा ११ हजार ९ सय ६१ जना प्रहरी परिचालनका लागि पठाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डीआईजी टेकप्रसाद राईले प्रहरी हेडक्वाटर र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट ती प्रहरी खटाइएको बताए । काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ३ हजार ८ सय २ जना प्रहरी मधेश प्रदेशमा पठाइएको छ ।
मधेश प्रदेश र अन्य जिल्लाबाट पनि सहायता माग भए बमोजिम उनीहरुलाई पठाइएको हो । यसअघि पनि काठमाडौबाट बाहिर जिल्लामा प्रहरी कर्मचारीहरु पठाउने गरिएको थियो । ‘काठमाडौको सुरक्षामा प्रयाप्त संख्या राखेर नै सुरक्षाकर्मीहरु पठाइएको हो’, प्रवक्ता राईले भने । मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थापनका उनीहरुलाई जिल्ला पठाउनु परेको बताए । नेपाल प्रहरीले निर्वाचन सकिए लगत्तै उनीहरुलाई उपत्यकाको आफ्नो यूनिटमा फिर्ता हुने गरी पठाएको हो । सरकारले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यकता अनुसार खटाएको हो ।
सशस्त्र प्रहरीले शुक्रबारदेखि आवश्यक परेको स्थानमा कर्मचारी पठाएको छ । सशस्त्र प्रहरीको सूचना शाखाका अनुसार आफ्ना कर्मचारीलाई बुधबारदेखि नै सम्बन्धित स्थानमा खटाइसकेको जनाएको छ । नेपाल प्रहरीले सुरक्षा जिम्मा लिएका प्रतिष्ठानहरु नेपाली सेनाले सुरक्षा जिम्मा लिएसँग उनीहरु काठमाडौं बाहिर गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार