मोरङ १ मा पुरानै अनुहार तेस्रोपटक चुनावी प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २२:११:५५
२७ कात्तिक, बेलबारी ‘मोरङ’ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं. १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो उनीहरुबीचको तेस्रो प्रतिस्पर्धा हो ।
२०७० मा भएको संविधानसभाको निर्वाचनमा डिगबहादुर लिम्बू १५ हजार दुई सय दुई मतसहित निर्वाचित हुँदा घनश्यामले १२ हजार नौ सय ८९ मत प्राप्त गरेका थिए । तर २०७४ सालमा वामगठबन्धनको साझा उम्मेद्वार बनेका खतिवडाले लिम्बुलाई पराजित गरेका थिए । भौगोलिक हिसाबमा जिल्लाको सबैभन्दा ठूलो निर्वाचन क्षेत्र मोरङ १ मा उत्तरी मोरङका केराबारी र मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र पूर्वी मोरङको उर्लाबारी नगरपालिका पर्दछन् । एक लाख २३ हजार छ सय १५ जना मतदाता रहेको निर्वाचन क्षेत्रमा नौ दल र पाँच स्वतन्त्र उम्मेद्वार गरी १४ जना चुनावी प्रतिस्पर्धामा छन ।
राप्रपाका होमनाथ गौतम उर्लाबारीकै भएकोले उनको प्रचार उर्लाबारी केन्द्रित छ । यो क्षेत्रमा नेपाल मजदूर किसान पार्टीका लक्ष्मीप्रसाद कवाँ, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरज लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बुद्धमाया लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ र राष्ट्रिय जनमुक्त पार्टीका हर्कमान सम्बाहाम्फे चुनावी प्रतिस्पर्धामा छन । यस्तै पाँचजना स्वतन्त्र उमेद्वारमा तिलकबहादुर मगर, मनिषा सुवेदी, फुलकुमारी पण्डित, निलु लिम्बू र यामप्रसाद दाहाल रहेका छन।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका चार स्थानीय तहका ३७ वडामा दलगत वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको ९३५ मत बढी देखिन्छ । एमालेका उम्मेदवारले ३२ हजार तीन सय ६६ र कांग्रेसका उम्मेदवारले ३१ हजार चार सय ३१ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवारले ६ हजार पाँच सय ८१, नेकपा समाजवादीले एक हजार ९३, राप्रपाले दुई हजार आठ सय ९० र जसपाका उम्मेदवारले चार सय ९४ मत पाएका थिए ।
कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बूले उत्तरी मोरङको कृषि पर्यटनलाई विकास गर्न सडक सञ्जाल र विद्युत् विस्तारलाई सबैभन्दा प्राथमिकतामा राखेको बताए । कृषिबाट आयआर्जन गर्न सकिने उत्तरी मोरङको अलैँची, अम्लिसो, तेजपातको उत्पादन भण्डारण र प्रशोधनका लागि पहल गर्ने लिम्बूको भनाइ छ ।
त्यस्तै एमाले उमेद्वारा घनश्याम खतिवडा नीति निर्माण र यस क्षेत्रका समस्या सदनमा उठाउने प्रतिबद्धतासहित चुनावी अभियान चलाई रहेका छन । नदी नियन्त्रण र व्यवस्थापन, स्वच्छ र शुद्ध खानेपानीको पहुँच विस्तार, आधारभूत स्वास्थ्य निःशुल्क र पूर्व-पश्चिम राजमार्गसँग उत्तरी मोरङका सबै वडालाई कोलोपत्र सडकको सञ्जालले जोड्ने प्रमुख एजेन्डा एमाले उम्मेदवार खतिवडाले अगाडि सारेका छन ।
मोरङ १ काे प्रदेशसभा १ मा माओवादी केन्द्रका निवर्तमान सांसद कुलप्रसाद साँवा सत्ता गठबन्धनका उम्मेदवार हुन। एमालेले उमाकान्त गौतमलाई उम्मेदवार बनाएको छ । यहाँ चार दल र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन ।
राप्रपाले पूर्णबहादुर वाइबा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अर्जुन सिंह लिम्बू र मङ्गोल नेशनल अर्गनाइजेशनले शिवकुमार राईलाई उम्मेदवार बनाएको छ भने खड्गबहादुर थापा स्वतन्त्र उम्मेदवार हुन । मोरङ १ प्रदेशसभा २ मा प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार हुन ।
त्यस्तै एमालेबाट जिल्ला विकास समिति मोरङका पूर्व सभापति खड्गबहादुर बस्नेत हुन । यहाँ छ दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन । राप्रपाले सन्तोष कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कृष्णकुमार लिम्बू, मङ्गोल नेशनल अर्गनाइजेसनले ओमकुमार लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट टङ्कबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक राई चुनावी मैदानमा छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार