किस्पाङमा ओईरियो मानवसागर, अर्जुननरसिंह र बहादुरसिंह संगै हुँदा स्थानीयहरु प्रफुल्लित
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ सोमबार २:३१:१३
२७ कात्तिक, बिदुर । अहिले नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश ‘ख’ अन्तर्गत र बिगतमा निर्वाचन क्षेत्र नम्वर ३ मा रहेको मनकामना, फिकुरी, काहुले, साल्मे र भाल्चे समेटिएर बनेको किस्पाङ गाउँपालिकाका नागरिकमा आइतबार बेग्लै प्रकारको खुशी देखिन्थ्यो । यस क्षेत्रको बिकास क्रमको सुरुवात गर्ने अर्जुननरसिंह केसी र त्यसलाई तिब्रता दिने बहादुरसिंह लामा सधै संगै रहेर बिकासलाई मूर्तता दिउन भन्ने स्थानीयको चाहना भएपनि त्यसले सार्थकता पाईरहेको थिएन् ।
तर एउटै पार्टीका केन्द्रीय स्तरका नेता भएर पनि उक्त क्षेत्रको कार्यक्रममा बिरलै संगै देखिने केसी र लामा कार्यक्रमका संगै उपस्थित मात्र भएनन्, एक अर्काको राजनीतिक उन्नयन र यस क्षेत्रको बिकासमा संयुक्त प्रयास गर्ने उद्घोष एउटै मञ्चबाट गर्दा नागरिकहरुले तालीको गडगडाहटबाट केसी र लामाको संयुक्त उपस्थितीको स्वागत गरेका थिए ।
त्यसो त, बिगतमा तिक्ततापूर्ण संबन्धमा रहेका कांग्रेस र माओवादीका नेताहरुले लालसलाम र जयनेपाल भन्दै एक अर्काको प्रशंशा गर्नु, केसी र महत संगै रहनु अनि अपवादको रुपमा स्थानीय तहमा गठबन्धन हुन नसकेको किस्पाङका दुबै पार्टीका नेता कार्यकर्ताहरुले कार्यक्रममा उपस्थित हुन संयुक्त अपील गर्नुले पनि आईतबार किस्पाङको केन्द्र दावाचेत बजारमा मानवसागर ओर्लिएको बिश्लेषण समेत गरिएको छ ।
तामाङ जातीहरुको बाहुल्यता रहेको किस्पाङको कार्यक्रममा सबै जाती र उमेरसमूहका मानिसहरुको उत्तिकै उपस्थिती रहेको थियो । धेरै अघिदेखि केसीको पक्षमा मतदान गर्दे आएका र उम्मेदवारीका कारण पछि लामालाई सघाएपनि दुबै संगै रहुन भन्ने चाहना राखेका धेरै बुढापाकाहरु मानेगाउँ, ताजी र भाल्चेबेसीबाट हिडैरै आईपुगेको सुनाईरहेका थिए । समग्रमा भन्नुपर्दा नुवाकोटको २ नम्वर क्षेत्रको प्रतिस्पर्धामा रहेका अन्य पार्टीहरुको कार्यक्रमहरुमा देखिएको न्यून उपस्थिती तथा गठबन्धनको शनिवार कुमरी र आईतबार किस्पाङमा आयोजित कार्यक्रमपछि यस क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भईसकेको स्थानीय कांग्रेस नेता देबनाथ भट्टको भनाई छ ।
कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसी र प्रदेशसभा सदस्य उम्मेदवार बहादुरसिंह लामाले आफूहरुमा कुनै पनि प्रकारको तिक्तता नरहेको र आफूहरुलाई एकअर्काको परिपुरकका रुपमा हेर्न आग्रह गर्दे यहाँको समग्र बिकास र नागरिकहरुको समस्या समाधानमा कुनै पनि प्रकारको कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । सो क्रममा संबिधानसभा सदस्य एवं कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले नुवाकोट २ बाट प्रतिगमन पराश्त भईसकेकाले एमाले र अन्य पार्टीमा रहेकाहरुलाई पनि गठबन्धनलाई मतदान गरेर बिकासको एकीकृत प्रयासमा सहभागी हुन आब्हान गरेका थिए ।
त्यसक्रममा माओवादी नेताहरु हिरानाथ खतिवडा, राममाया बोगटी, मीना वाईवा, राजकुमार रेग्मी तथा कांग्रेस नेताहरु धु्रव अधिकारी, रामेश्वर उपाध्याय, चोकराज शाक्य, जगतबहादुर तामाङ, छत्र लामा, क्षेत्रबहादुर घले, रणबहादुर तामाङ लगायतले आगामी निर्वाचन र गठबन्धनको रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार