चुनाव बिथाेल्न संलग्नताकाे आराेपमा विप्लव नेकपाका केन्द्रीय सदस्य गिरफ्तार
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार १७:३५:१५
२८ कात्तिक, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुशिलालाई प्रहरीले गिरफ्तार गरेको छ । मुस्ताङ जिल्ला सेक्रेटरी समेत रहेकी सुशिलासँगै एक जिल्ला सदस्य प्रकाश गिरफ्तार भएका छन् ।
उनीहरुलाई चुनाव बिथोल्ने गतिविधिमा संलग्न पाइएपछि मुस्ताङको घरझोङ् गाउँ पालिका छैरोबाट गएराति गिरफ्तार गरिएको प्रहरीकाे दाबी छ। राति सादा पोशाकमा आएका प्रहरीको टोलीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । दुवै जनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताइएको छ ।
पार्टीको नीति र कार्यक्रमअनुसार चुनाव भण्डाफोर अभियानमा शान्तिपूर्ण कार्यक्रमपछि बसिरहेको बेला आतंकित तुल्याउँदै गिरफ्तार गरिएको केस सुशिलाले संचारमाध्यमलाई प्रतिक्रिया दिएकी छन् ।
चुनाव बिथोल्ने तथा अवरोध खडा गर्ने गतिविधिमा संलग्न जोकोहीलाई गिरफ्तार गरी कानूनबमोजिम कारबाही चलाउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिँदै आएको छ । नेकपाले भने आगामी मंसिर ४ को आम निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दै भण्डाफोर अभियान चलाउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार