स्वतन्त्र उम्मेदवार सिंहले गरे अलौं र सिर्सियामा घरदैलो
आबिद हुसेन
कात्तिक २८, २०७९ सोमबार १७:३६:४६
२८ कात्तिक, बीरगञ्ज । प्रदेशसभाका स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह सोमबार बीरगञ्जको वडा नम्वर २५ खलवा टोला सिर्सिया र वडा नम्वर १७ अलौका मतदाताको घरदैलोमा पुगेका छन् ।
पर्साको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहलाई यस पटक जसरी पनि मतदान गरेर विजयी बनाउने मतदाताहरुले बताएका छन् ।
सिर्सिया र अलौ पुगेका सिंहलाई मतदाताले फुलमाला लगाएर भव्य स्वागत गरेका थिए । मतदाता स्वस्फूर्त रुपमा घरघरमा स्वागत गर्दै आशिर्वाद दिनुले आफूलाई हौसला मिलेको सिंहले बताए ।
दलीय गठबन्धनका उम्मेद्वारले केही गर्न नसक्ने भन्दै स्थानीयले अब काठमाण्डौमा स्वतन्त्र उम्मेद्वार विजयी हुँदा भएका काम जस्तै यहाँ पनि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहलाई विजयी बनाए आफ्नो क्षेत्रले फड्को मार्ने विश्वास लिएका छन् । बिहानै देखि घरदैलोमा निस्किएका सिंहले स्थानीयको प्रतिकृया, सुझाव लिनुका साथै आफ्ना प्रतिबद्धता पनि मतदातासामु राखेका थिए ।
आफू निर्वाचित भए जनचाहना बमोजिम नै काम गर्ने भन्दै उनले अहिले पनि जनताकै बीचमा रहेर सेवा गरिरहेको बताएका थिए । घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार