आफ्नै चुनावी गठबन्धनविरूद्ध साँठगाँठ गर्दै उम्मेदवार राजकुमार गुप्ता
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार २१:३८:१५
२८ कात्तिक, पर्सा । अघिल्लो प्रतिनिधिसभा चुनावमा हार व्यहोरेका पर्सा क्षेत्र नं. ३ का राजकुमार गुप्ता यसपटक जसरी पनि चुनाव जित्न तिकडमबाजीमा लागेका छन् । उनले जित निकाल्ने ध्याउन्नमा चुनावी गठबन्धनलाई नै धोका दिने षड्यन्त्र र साँठगाँठमा लागेका छन् ।
नेकपा (एमाले) र जसपाको तालमेलबाट सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मामेदवार उठेका गुप्ता अहिले आफ्नो क्षेत्रमा जसपालाई लत्याएर विपक्षी नेकपा (समाजवादी केन्द्र)का उम्मेदवारसित साँठगाँठ गर्न पुगेको एमालेकै एक जिल्ला नेताले बताए ।
क्षेत्र नं. ३ को ‘ख’ मा तालमेलमा एमालेसँग रहेको जसपाका प्रदेशसभा सदस्य उम्मेदवार मधु गुप्ता कुर्मीको विपक्षमा उनी अर्का प्रतिस्पर्धी नेकपा समाजवादीका प्रल्हाद गिरीसँग गोप्य सम्झौता गर्न पुगेका छन् ।
उनले पर्सा क्षेत्र नं. ३ ख मा एमालेको भोट गिरिलाई दिलाउने र गिरिले आफूनिकट भोट सांसदमा एमालेलाई हाल्न लगाउने गोप्य सहमति भएको एमाले स्रोतले बताएको छ ।
गिरी यसअघिको चुनावमा मधेसवादी गठबन्धनमा तत्कालील संघीय समाजवादी फोरमबाट चुनाव जितेका व्यक्ति हुन् । यस पटक एमालेबाट विधायकमा आकांक्षी बनेका उनी सो क्षेत्रमा एमालेले जसपालाई समर्थन गरेपछि अन्तिम समयमा कलमबाट चुनाव लडेका हुन् । विगतमा भूमिगत संगठनसमेत खोलेर व्यक्ति हत्याको राजनीति गरेका गिरी अहिले अवसरवादी, अस्थिर र दलबदलु चरित्रको रुपमा चिनिएका छन् ।
दुई विवादित पृष्ठभूमिका राजकुमार र प्रल्हादलाई मिलाउने मध्यस्थकर्ता बनेका छन्, बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी । लोकतान्त्रिक समाजवादी पार्टीबाट गत बैशाखमा अध्यक्ष जितेका तिवारी प्रल्हादका खास मानिस मान्छिन् । उनले नै राजकुमार र प्रल्हादलाई वीरगञ्जमा भेटाएर एमाले जसपा तालमेलविरुद्ध सेटिङ मिलाएको उनीनिकट एक स्थानीय नेताले बताए ।
प्रमोदले प्रल्हाद र लोसपाको भोट राजकुमारलाई दिलाउने जिम्मा लिएका छन् भने राजकुमारले एमालेको भोट प्रल्हादलाई दिएर जिताउने प्रतिबता गरेका छन् । तर, आफ्नै गठबन्धनप्रति बेइमानी गरेका राजकुमार प्रल्हाद र प्रमोदको बचनमा विश्वस्त हुन नसकेपछि प्रमोदले आफ्नो छोरालाई नै एमालेमा प्रवेश गराउनु पर्ने अवस्थामा पुगेका छन् । राजकुमारले आफूले भोट पाउने ग्यारेन्टी गर्न प्रमोद र प्रल्हादको सहमतिमा प्रमोदका छोरा निमेश तिवारीलाई एमाले प्रवेश गराएका छन् ।
अरुलाई उल्लु बनाएर आफ्नो दुनो सोझ्याउने तिकडमअन्तर्गत उनले नेपाल सुशासन पार्टी उम्मेदवारी दिएका गौरीशंकर साहलाई पनि सघाउने आश्वासन दिएको बुझिएको छ ।
आफ्नै एमाले र जसपाको चुनावी तालमेलप्रति धोकाधडीमा उत्रिएका राजकुमारको रवैयाप्रति जसपाका नेता कार्यकर्ता क्रुद्ध बनेका छन् । विगतमा विवादास्पद व्यापारबाट अकुत आर्जन गरेका उनी यसपटक पैसा, पावरलगायत सबै तिकडम र अनैतिक साँठगाँठ गरेरै भएपनि चुनाव जित्ने ध्याउन्नमा छन् ।
शुरुआतदेखि नै तालमेलविरुद्ध अभिव्यक्ति दिँदै आएका राजकुमारको यो हर्कतले पर्सा ३ मा एमाले जसपा गठबन्धनमा विश्वासको संकट उत्पन्न भएको जसपाका एक जिल्ला नेताले बताए ।
यसको लाभ अर्को प्रतिस्पर्धी नेपाली कांग्रेसलाई पुग्ने देखिएको छ । राजकुमारको प्रवृत्तिप्रति रुष्ट जसपा नेता कार्यकर्ताले राजकुमारको बलियो प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई सघाउने सम्भावना बढेर गएको छ ।
अघिल्लो चुनावमा संघीय समाजवादी फोरमका हरिनारायण रौनियारसँग तेस्रो स्थानमा झरेर हार व्यहोरेका राजकुमारलाई अहिले चौधरी कडा टक्कर दिन आइपुगेका छन् । चौधरीको बढ्दो ग्राफ देखेर अत्तालिएका राजकुमार चौधरीको विरोधमा सार्वजनिक रुपमै गालीगलौज र आफ्नै गठबन्धनविरुद्धमा विपक्षीसँग अनैतिक साँठगाँठ गर्न पुगेका छन् । उनको यो चरित्रले पर्सा क्षेत्र न.. ३ मा नेकपा एमाले र जसपाको तालमेल नै बढारिने आँकलन गरिएको छ ।
राजकुमार आफ्नै चलाखीका कारण कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ । साझा उम्मेदवार भनिए पनि उनले जसपा नेता कार्यकर्ता र मतदाताको अपमानमात्रै गरेको बुझाई त्यो क्षेत्रका जानकारहरुको छ ।
चुनावी घरदैलोदेखि सभाहरुमा जसपालाई पूरै बाईपास गर्दै आएका उनले एमालेको सहकार्यमा जसपाबाट चुनावमा उत्रिएका उम्मेदवारलाई कटाक्षमात्रै गर्दै आएको देखिएको छ ।
यतिसम्म कि, उनले चुनाव प्रचारका लागि उनले बनाएका प्रचार सामग्री तुल ब्यानरमा समेत जसपासँगको साझेदारी कहिँकतै देखिँदैन । उनी जसपाको समेत उम्मेदवार भए पनि उनले ब्यानरमा एमाले अध्यक्ष केपी ओलीको मात्रै फोटो हालेका छन् ।
उनले जसपा अध्यक्ष उपेन्द्र यादवको फोटो र संगठनको नामसमेत बाइपास गरेका छन् । उनले जसपालाई स्थानीयदेखि केन्द्रीय तहसम्मकै अपमानित गरेको बुझाई जसपा नेता कार्यकर्ताको छ । पर्सा ३ मा एमालेको मात्र संगठन भएको र जसपा दृष्यमा नरहेको भन्दै कटाक्ष गर्ने राजकुमार अहिले हारको डरले अनैतिक साँठगाँठमा पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा
मंसिर १९, २०८१ बुधबार