जुम्लामा सत्ता गठबन्धनकी गाेमालाई कांग्रेस बागीको त्रास
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १८:३६:४
२९ कात्तिक, जुम्ला । यहाँ नेपाली कांग्रेसका बागी उम्मेदवारले सत्ता गठबन्धनलाई चुनौती थपेको छ । जुम्लामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का सदस्य गोमा कुँवर, प्रदेश (क)मा नेपाली कांग्रेसका ललितजंग शाही र (ख) मा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पदम रोकाया उम्मेदवार बनेका छन् ।
प्रदेश (क) र (ख)मा क्रमशः नेपाली कांग्रेसका नेताहरू देवेन्द्रबहादुर शाही र धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारीले सत्ता गठबन्धनमा त्रास बढेको पाइन्छ । प्रदेश (क)मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही उम्मेदवार बनेको स्थानमा कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छैनन् । शाहीलाई कांग्रेसले कारबाही गरिसकेको छ ।
कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंगविरुद्ध देवेन्द्रबहादुरको उम्मेदवारीले प्रदेशमा कांग्रेसका मत बाँडिने देखिन्छ । प्रदेश (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा कर्णालीका भौतिक पूर्वाधारमन्त्री पदमबहादुर रोकाया आधिकारिक उम्मेदवार हुन् । तर कांग्रेसका नेता धनबहादुर बस्नेतले उम्मेदवारी कायमै रहेपछि यो क्षेत्रमा पनि गठबन्धनलाई त्रास बढेको छ । तिला गाउँपालिका निवासी बस्नेत कांग्रेस महासमिति सदस्य तथा तत्कालीन क्षेत्रीय सदस्य हुन् ।
प्रदेश (क( र (ख) मा कांग्रेसका बागी उम्मेदवारले संघमा समेत प्रभाव राख्ने चुनौती देखिएको छ । स्वतन्त्र उम्मेदवारीका कारण कांग्रेसलाई प्रदेश (क)मा घाटा हुने देखिन्छ । जसकारण संघकी उम्मेदवार गोमा कुँवरलाई प्रभाव पर्ने चर्चा छ ।
गठबन्धनका उम्मेदवार भने जित नजिक पुगेको दाबी गर्दै आएका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश (क)का उम्मेदवार ललितजंग शाहीले बागी उम्मेदवार सानो चोइटोको रूपमा भएकाले कांग्रेसका समर्थकहरू सवैले गठवन्धनलाई मतदान गर्ने दाबी गरे ।
प्रदेश (ख) मा गठवन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता पदमबहादुर रोकायाले संविधान रक्षाका लागि बनेको गठबन्धन बिजय हुने र आफूले जितेमा गठबन्धनकै लागि काम गर्ने बताए । सत्ता गठवन्धनबाट संघकी उम्मेदवार गोमा गौतम कुँवरले जुम्लामा गठवन्धन विजय हुने निश्चित भएको दाबी गरिन् ।
जुम्लाको प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार