डा. वाग्ले भन्छन:- अर्जुननरसिंह केसी देशभरका युवाका प्रेरणाका स्रोत हुन्
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १८:३०:४६
२९ कात्तिक, बिदुर । चर्चित अर्थवीद् एवं राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले कांग्रेस नेता अर्जुननरसिंह केसी देशभरका युवाहरुको प्रेरणाको स्रोत भएको वताउँदै केसीको जितले प्रतिनिधिसभाकै ओज बढाउने धारणा ब्यक्त गरेका छन् ।
ब्यक्ति उमेरले युवा हुने नभई उसमा रहेको सोच तथा देश र जनताको समृद्धिका प्रतिको सोचले नै उसको ब्यक्तित्व मापन हुने भएकाले युवाको नाममा दिईने नाराको अर्थ नरहेको डा. वाग्लेको भनाई थियो ।
सोमबार लोकतान्त्रिक बाम गठबन्धनको नुवाकोट निर्वाचन २ समितिले बेलकोटगढी नगरपालिकाको महादेबफाँटमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दे डा. वाग्लेले नुवाकोटमा आर्थिक बिकासका प्रशस्च संभावनाहरु देखिएको बताउँदै त्यसलाई सार्थक रुप दिन पनि गठबन्धनका उमेदवारहरुको जित अत्यावश्यक रहेको बताए ।
नुवाकोट नेपालकै जीवनरेखाको रुपमा परिवर्तन हुन सक्ने र त्यसका लागि मुलुककै नेतृत्व गर्ने हैसियत भएका केसी, पूर्वाधार निर्माणमा दख्खल भएका बहादुरसिंह लामा र सादगी र संघर्षशील जीवनका पर्याय रामप्रसाद ढुँगानाको जितका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत डाक्टर वाग्लेले आव्हान गरे ।
कार्यक्रममा नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार कांग्रेस नेता अर्जुननरसिंह केसीले जनादेशको अपमान गर्नेहरुका पक्षमा नुवाकोटे जनता कदापी नरहनेमा आफू बिश्वस्त रहेको बताउँदै गठबन्धनको कार्यक्रमहरुका देखिएको जनलहरले नुवाकोट जिल्ला लोकतान्त्रिक बाम गठबन्धनको किल्ला बनिसकेको समेत उल्लेख गरे ।
नुवाकोटका बिकास प्रयासहरुलाई मूर्तरुप दिन गठबन्धन हरदम प्रयत्नशील रहने बताउँदै जिल्लाका संभावनाहरुको पहिचान गरी त्यसलाई सार्थकतामा परिणत गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत रहने समेत केसीले स्पष्ट पारे ।
कार्यक्रममा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य बिमला सुबेदी, कांग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘ख’ का उम्मेदवार बहादुरसिंह लामा, माओवादी नेता एवं प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना, कांग्रेस नेता एवं संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोबिन्द नेपाली, कांग्रेस महासमिति सदस्य गीता अमात्य, महाधिबेशन प्रतिनिधि दीपक लामा, प्रदेश सभापति बैकुण्ठ पाण्डे र माओवादी नेता नविन पुडासैनीले गठबन्धनको औचित्य स्थापित भईसकेको बताउँदै नुवाकोटमा गठबन्धनको जित समेत सुनिश्चित भईसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार