डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै, स्वतन्त्र उम्मेदवार खड्काले समर्थन गर्ने
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार २३:२९:५२
२९ कात्तिक, मोरङ । मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले समर्थन गरेका छन्। २७ वर्षीय खड्काले आज कोइरालालाई समर्थन गर्दै उम्मेदवारी निस्कृय बनाएका हुन् ।
उनले आजदेखि कांग्रेस उम्मेदवारका पक्षमा सक्रिय भई चुनाव प्रचारमा लागेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। समग्र क्षेत्रको विकासका लागि कोइरालालाई आफूले समर्थन गरेको उनले बताएका छन्। स्वतन्त्र युवा समूह गठन गरेर उनले सामाजिक कार्य गर्नुका साथै राजनैतिक खबरदारी गर्दै आएका थिए । युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोशी राजमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पु(याउनेसहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा. कोइरालालाई समर्थन गरेको खड्काले जानकारी दिए ।
याे सँगै बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ । कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि शेखर कोइरालालाई जिताउने उनीहरुको अठोट छ ।
केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर कोइरालालाई सघाउने घोषणा गरेका थिए । पासवान यतिबेला कोइरालाको चुनावी प्रचार अभियानमा सक्रियताका साथ लागेका छन् । पासवानसहित बहुजन शक्ति पार्टीका अन्य नेता तथा कार्यकर्तासमेत कोइरालाको चुनावी प्रचारमा खटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार