सुदुरपश्चिममा एमालेमा भीम रावल फ्याक्टर कमजोर बन्दा गठबन्धनलाई सहज
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार १४:७:३६
३० कात्तिक, काठमाडौं । सुदुरपश्चिम प्रदेशको समग्र निर्वाचनको माहोल रोचक बन्दै गएको छ मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवार मात्र होइनन्, स्वतन्त्रहरू पनि आफ्ना प्रतिबद्धतासहित निर्वाचनको माहोललाई रोचक बनाउन थालेका छन् ।
अहिलेको निर्वाचनमा कसले बाजी मार्ने भन्ने एकिन नभएपनि २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनले पनि स्वतन्त्र र नयाँ उम्मेदवारको पक्षमा आएको जनमतले चुनावी परिणाममा केही हदसम्म पुराना दललाई धक्का दिनसक्ने आँकलन गरिएको छ ।
पाँच वर्षअघिको निर्वाचनमा दलहरूबीच भएको तालमेल र अहिलेको गठबन्धन पनि फरक छ। उतिबेला तालमेल गरेका दल अहिले आपसमा प्रतिस्पर्धी छन । प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) को गठबन्धन थियो भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल थियो।
यसपटक एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, राजमो मात्र होइन, एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत छन्। यता एमालेले पनि राप्रपा र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ। यस हिसाबले पाँच वर्षअघिको र अहिलेको परिस्थिति उल्टो छ। यो अवस्थामा गत स्थानीय तहमा आएको मतपरिणाम र २०७४ सालमा राजनीतिक दलहरूले समानुपातिकतर्फ ल्याएको मतलाई आधार बनाएर विश्लेषण गर्ने प्रयास गरिएको छ, जसले सम्भावित परिणामका विषयमा एउटा संकेत गर्छ।
अघिल्लो प्रतिनिधिसभामा दलहरूले समानुपातिकतर्फ ल्याएको मत र गत स्थानीय निर्वाचनमा मत परिणामलाई आधार मान्दा सुदूरपश्चिमको १६ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनलाई सहज देखिएको छ । प्रतिपक्ष गठबन्धनमा एमालेबाहेक अन्य दलको उपस्थिति सुदूरपश्चिममा कमजोर देखिन्छ । कञ्चनपुरमा राप्रपाको उपस्थिति देखिए पनि उसले आफ्नै उम्मेदवार उठाएका कारण यो मत एमाले उम्मेदवारलाई जाने सम्भावना कम छ ।
त्यसो त कांग्रेस र एमालेले गत स्थानीय चुनावमा प्राप्त गरेको मतलाई तुलना गर्ने हो भने कांग्रेस १० क्षेत्रमा अगाडि छ भने एमाले ६ क्षेत्रमा मात्रै । तर यी ६ क्षेत्रमा माओवादी केन्द्र र नेकपा एसले प्राप्त गरेको मत जोड्दा दार्चुलामा बराबरीजस्तै देखिए पनि अन्य क्षेत्रमा २ हजारदेखि १५ हजार मतले सत्ता गठबन्धन अगाडि छ । यसअघि सुदुरपश्चिममा नेकपा एमाले हावी भएको थियो । सत्ता गठबन्धन बाजुरामा २ हजार, कैलाली २ मा ४ हजार, बझाङमा ८ हजार र कञ्चनपुर १ मा १५ हजार मतले अगाडि छ । स्थानीय तह निर्वाचनमा कांग्रेसको बझाङमा करिब ४ हजार मत कम रहेको छ ।
उसले २०७४ को निर्वाचनमा समानुपातिकतर्फ २४ हजार ७५५ मत पाएको थियो भने एमालेले पनि सोही हाराहारीमा २४ हजार ४८७ मत ल्याएको देखिन्छ । तर एमालेले स्थानीय तहको निर्वाचनमा मत बढाउँदै २८ हजारभन्दा बढी पु¥याएको छ । गठबन्धनमा देखिएको असन्तुष्टिले केही निर्वाचन क्षेत्रमा विद्रोही उम्मेदवार छन्। त्यसले चुनावी परिणामलाई केही न केही असर पु¥याउने देखिन्छ। डोटीमा नेकपा एसका प्रेमबहादुर आलेविरुद्ध कांग्रेसका नरेन्द्रबहादुर खड्का, अछाम १ मा नेकपा एसका शेरबहादुर कुँवरविरुद्ध कांग्रेसका राजन कुँवर, कैलाली ३ मा माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध कांग्रेसका नवीन बोहोरा, बैतडीमा माओवादी केन्द्रका नरेन्द्र कुँवरविरुद्ध कांग्रेसका केशबहादुर चन्द, कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्तविरुद्ध कांग्रेसकै पुष्करनाथ ओझा, कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखकविरुद्ध कांग्रेसकै दीपकबहादुर सिंह र शारदा चन्दले उम्मेदवारी दिएका छन् ।
जसले गर्दा केही चुनौति थपिएपनि गठबन्धनलाई सहज देखिन्छ । कैलाली १, २ र ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुवै गठबन्धनलाई धक्का दिने सम्भावना छ । स्थानीय निर्वाचनमै कैलाली १ मा कांग्रेस र एमालेको भन्दा पनि बढी मत उक्त पार्टीले पाएको छ । उसले स्थानीय निर्वाचनमा कैलाली १ बाट सबैभन्दा धेरै १७ हजार १९३ मत पाएको छ । कैलाली २ र ३ मा पनि नागरिक उन्मुक्ति पार्टी हाबी हुने सम्भावना छ। कैलाली ४ र ५ नम्बर क्षेत्रमा सत्ता गठबन्धन स्थानीय तहको मतमा मात्र होइन, २०७४ को आम निर्वाचनमा समेत पार्टीहरूले समानुपातिकतर्फ पाएको मतमा पनि अघि छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा एमालेले बिपी कांग्रेसका कर्ण मल्ललाई सघाउने निर्णय गरे पनि स्थानीय तहमा असन्तुष्टि छ ।
यो क्षेत्रमा कांग्रेससँग गठबन्धनमा रहेको नेकपा एसको स्थानीय कमिटीले पनि देउवाविरुद्ध मल्ललाई सहयोग गर्ने जनाउँदै आएको छ । डडेलधुरामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाएको मतभन्दा एमाले, राप्रपाले पाएको मतलाई हेर्ने हो भने आधा कम छ । कांग्रेसले २०७४ को निर्वाचनमा समानुपातिकतर्फ २५ हजार १४८ मत पाएको छ, जतिबेला एमालेको मत १४ हजार १८० थियो । एमालेभित्र भीम रावललाई उम्मेदवार नबनाएपछि समग्र सुदूरपश्चिम र विशेष गरी अछाममा देखिएको असन्तुष्टिले प्रतिपक्ष गठबन्धनलाई घाटा हुने देखिन्छ । त्यसमाथि कञ्चनपुरका दीपक भट्टलाई समेत एमालेले उम्मेदवार नबनाउँदा यसको फाइदा सत्ता गठबन्धनलाई हुने आकलन गरिएको छ । रावल र भट्ट दुवै सुदूरपपश्चिममा मत प्रभावित गर्न सक्ने नेता हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार