बाँके, बर्दियाबाट यी उम्मेदवार निर्वाचन जितेमा मन्त्री बन्ने लाइनमा
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार २०:१:५५
♦ दीपक शर्मा
३० कात्तिक, बर्दिया । बाँके र बर्दियाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितेपछि को केन्द्रको मन्त्री तथा को प्रदेश सभाको मन्त्री बन्ने भन्ने विषयमा पनि चिया पसल, भटटी पसल तथा सार्वजनिक स्थानमा छलफल तथा बहस चलिरहेको छ । मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पछि प्रदेशमा को मन्त्री बन्ने तथा संघको को मन्त्री बन्ला भन्ने विषयले पनि बजारलाई तताएको छ ।
प्रदेश र संघमा जित्न सक्ने संभावित उम्मेदवारको नाम निकाल्दै उनिहरुले मन्त्री हुने लगभग पक्का पनि गरेका हुन । त्यसो त उम्मेदवारहरुले आफु संघको, प्रदेशको मन्त्री हुने भनेर नभनिरहेको अवस्थामा उम्मेदवारहरुको जित पछि मन्त्री बन्ने लगभग सवैको सोच रहेको पाइएको छ ।
बाँके
प्रतिनिधिसभा बाँके क्षेत्र न १ मा गठबन्धनको तर्फ बाट महेश्वर जंग गहतराज ‘अथक’, नेकपा एमालेबाट सुर्यप्रसाद ढकाल, जसपाका रामकुमार यादव, नागरिक उन्मुक्ति पाटिबाट सुरेशकुमार चौधरी सहित ११ जना चुनावी मैदानमा रहेका छन । ११ जना मध्ये गठबन्धनका उम्मेदवार , नेकपा एमालेका उम्मेदवार र नागरिक उन्मुक्ति पाटीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिन्छ । गएको निर्वाचनमा नेकपा एमालेको गठबन्धनबाट सहजै जित निकालेका माओवादी केन्द्रका महेश्वर जंग गहतराजले यस पटक काग्रेसको साथ पाएका छन । मन्त्री रहेका अथक निर्वाचन जितेमा फेरि पनि मन्त्री बन्ने पक्का जस्तै देखिन्छ ।
गएको निर्वाचनमा अथकका लागी भोट माग्दै हिडेका नेकपा एमालेका सुर्य प्रसाद ढकाल अहिले राप्रपाको सहयोगमा निर्वाचन जित्ने तयारीमा रहेका छन । प्रदेशसभा ‘क’ मा गठबन्धनको तर्फ बाट माओवादी केन्द्रका कृष्णा केसी , जसपाका अम्बरबहादुर खडका, नागरिक उन्मुक्ति पाटिबाट सोमराज चौधरी, राप्रपाबाट नरेन्द्रकुमार पौडेल लगायत ९ जना चुनावी मैदानमा रहेका छन । ति मध्ये गठबन्धनका उम्मेदवार , नेकपा एमालेको समर्थनमा राप्रपाका नरेन्द्रकुमार पौडेल, नागरिक उन्मुक्ति पाटिका सोमराज चौधरी र जसपाका अम्बरबहादुर खडकाबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रदेश मन्त्री भएरपनि केहि काम गर्न नसकेको भन्ने आरोप झेलिरहेका गठबन्धनका उम्मेदवार कृष्णा केसीलाई जित निकाल्न धेरै मिहेनत गर्नु पर्ने देखिन्छ । कृष्णाले जितितेको खन्डमा मन्त्री पाउने सम्भावन कायमै रहने छ । यता प्रदेश सभा ‘ख’ बाट नेकपा एमालेका दुर्गाप्रसाद चौधरी, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका फूलाराम थारु , जसपाका लालबहादुर शाह, नागरिक उन्मुक्ति पाटिबाट भुवनबहादुर भण्डारी सहित जम्मा ७ जना चुनावी मैदानमा रहेका छन । ति मध्ये गठबन्धनका उम्मेदवार फूलाराम चौधरी , राप्रपाको सहयोगमा नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद चौधरी , नागरिक उन्मुक्ति पाटिका भुमबहादुर भण्डारी विच प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका उम्मेदवारले जितेको अवस्थामा फूलराम थारुले तत्कालै मन्त्रीपाउने सम्भावन न्युन रहेको छ ।
बाँके क्षेत्र न २ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेको समर्थनमा राप्रपाका धवलशम्शेर जंगबहादुर राणा, जसपाका मोहम्मद इश्तियाक राइ, , सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीप नरसिंह राणा, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, स्वतन्त्र उम्मेदवार समसुल हक राईसहित १६ जना चुनावी मैदानमा रहेका छन ।
यी मध्ये नेकपा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका धवलशम्शेर जंगबहादुर राणा,जसपाका मोहम्मद इश्तियाक राई, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदिप नरसिंह राणा र स्वतन्त्र उम्मेदवार दिवाकर खनाल विच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । नेकपा एमालेले संघमा सरकार बनाउने मौका पाएको खण्डमा राप्रपाका धवलशम्शेर जंगबहादुर राणाले निर्वाचन जिते भने मन्त्री बन्ने पक्का छ । राणा नेपालगञ्ज उपमहानगरपालिकाको २ पटक नगर प्रमुख भैसकेका हुन ।
यता जसपाका मोहम्मद इश्तियाक राइले निर्वाचन जिते पनि यस पटक मन्त्री हुने सम्भावना एकदमै कम रहेको छ । बाँके बाहेक अन्य पुर्वि जिल्लामा नेकपा एमालेसंग तालमेल गरेको जसपाले नेकपा एमालेले सरकार बनाउने मोका पाएको खन्डमा मन्त्री पाउने सम्भावन पनि रहन्छ । पदका लागी मरिहत्ते गर्ने राई पद नपाएको खण्डमा पार्टि समेत फुटाउने सक्ने उनकै कार्यकर्ताको भनाई रहेको छ । गठबन्धनका तर्फ बाट जित निकाले पनि अर्का राणा भने मन्त्री हुने सम्भावन न्युन रहेको छ ।
प्रदेश सभा ‘क’ मा नेकपा एमालेबाट विजयबहादुर यादव, गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका राजकुमार कुर्मि, जसपाबाट भण्डारीलाल अहिर, राप्रपाबाट बृजेशबहादुर सिहंसहित १२ जना चुनावी मैदानमा रहेका छन । ति मध्ये गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजकुमार कुर्मिले निर्वाचन जितेको अवस्थामा प्रदेश सरकार गठबन्धनकै भएको अवस्थामा मन्त्री पाउने लाइनमा भएपनि सभावना न्युन देखिएको छ ।
प्रदेश सभा ‘ख’ मा नेकपा एमालेबाट निरकबहादुर गुरुङ, गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमाल, जसपाका आदेशकुमार अग्रवाल, जनमत पाटि बाट महमुदुल हसन अन्सारी लगायत ११ जना चुनावी मैदानमा रहेका छन । ति मध्ये गठबन्धनका उम्मेदवार सुरेन्द्रबहादुर हमाल र नेकपा एमालेका निरकबहादुर गुरुङ विच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनबाट निर्वाचन जितेको अवस्थामा हमाल फेरी पनि मन्त्री बन्ने देखिन्छ ।
बाँके क्षेत्र ३ प्रतिनिधिसभाको कुरा गर्दा सत्ता गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपति, जसपाबाट नोयन्द्र धिताल, लोसपाबाट हफिस पठान, सहित ९ जना चुनावी मैदानमा रहेका छन । ति मध्ये गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका नेपाली काग्रेसका सह महामन्त्री किशोरसिंह राठौर नेकपा एमालेका किस्मतकुमार कक्षपति विच कडा प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनबाट निर्वाचन जितेको अवस्थामा राठौर मन्त्री बन्ने लगभग निश्चित छ । एमालेका कक्षपति पनि निर्वाचन जितेको अवस्था र केन्द्रमा एमालेको सरकार बनेको अवस्थामा मन्त्रीको लाइनमा रहेका छन ।
प्रदेश सभा ‘क’ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल आइपि, जसपा बाट गया सुददिन खाँ, स्वतन्त्र दलबहादुर सुनार र नेकपा एमालेबाट रत्नबहादुर खत्रीसहित ७ जना चुनावी मैदानमा रहेका छन । यी मध्ये गठबन्धनका उम्मेदवार इन्द्रप्रसाद खरेल, नेकपा एमालेका रत्नबहादुर खत्री र स्वतन्त्र उम्मेदवार रहेका दलबहादुर सूनारबीच प्रतिस्पर्धा हुने देखिन्छ । दल बहादुर सुनार नेकपा एमालेका पुराना नेता हुन उनि पाटी फुटे सगै एकिकृत समाजवादीमा गएका थिए । निर्वाचनको प्रचार प्रसारकै क्रममा उनि सो पाटी छोडी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेपनि उनको उम्मेदवारी कायमै रहेको छ ।
यस्तो अवस्थामा गठबन्धनका उम्मेदवार इन्द्रप्रसाद खरेलले जितेको अवस्थामा मन्त्री बन्ने लाइनमा रहेका छन । प्रदेशसभा ‘ख’ मा नेकपा एमालेबाट भिमबहादुर वली, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बादशाह कुर्मि, जसपाबाट विजयकुमार पाठक, ३ जना स्वतन्त्रसहित ९ जना चुनावी मैदानमा रहेका छन । ति मध्ये गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बादशाह कुर्मि र नेकपा एमालेका भिमबहादुर वलीबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । केहि स्वतन्त्र उठेका उम्मेदवारहरुले मत काटने भएका कारण दुवै जनालाई जित निकाल्न सजिलो छैन । नेकपा एमालेका भिम वली युवाका विच लोकप्रिय छन भने बादशाह कुर्मि पनि नेपाली कांग्रेसका पुराना नेताको रुपमा चिनिएका छन । कुर्मिले जित निकालेपनि कोटाबाट मन्त्री बन्ने सम्भावना देखिन्छ भने वलीले जित निकाले एमालेको प्रदेश सरकार बनेको अवस्थामा मन्त्री पाउने पक्का देखिएको छ
बर्दिया
बर्दिया क्षेत्र न २ बाट सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थ , नेकपा एमालेबाट पंकजसिंह राठौर र राप्रपा बाट विनय रावल चुनावी मैदानमा रहेका छन । तुलनात्मक रुपमा नेकपा एमाले कमजोर रहेको सो क्षेत्रमा मृख्य प्रतिस्पर्धा राप्रपा र गठबन्धनका उम्मेदवारका विच देखिन्छ , यता नागरिक उम्मुक्ति पाटीबाट लालविर चौधरी पनि चुनावी मैदानमा छन । उनि स्वतन्त्र लडेपनि पाटीको सपोट रहेको छ । गठबन्धनका तर्फ बाट सुरेश पन्थले चुनाव जितेमा उनको पहिलो सोच मन्त्री बन्ने हुने छ । विजनेस बाट राजनीतिमा छिरेका पन्थ निकै चतुर खेलीडी मानिन्छन । पन्थ, रावल र चौधरी पहिलो पटक निर्वाचन लडदै छन ।
प्रदेश सभा ‘क’ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना, नेकपा एमालेबाट लहानु थारु, नागरिक उम्मुक्ति पाटीबाट प्रदेशी चौधरी , राप्रपाबाट कन्हैयालाल थारु सहित ६ जना चुनावी मैदानमा छन । ६ जना मध्ये मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस , नेकपा एमाले र नागरिक उम्मुक्ति पाटीबीच देखिएको छ । गठबन्धनको तर्फ बाट जन्मजय तिमिल्सिनाले जित निकाले पनि तत्कालै मन्त्री बन्ने सम्भावन न्युन छ । पाटीका आन्तरिक निर्वाचनमा लुम्विनी प्रदेशको पदाधिकारीमा पराजित भएका तिमिल्सिना गठबन्धन ५ वर्षसम्म टिकेको अवस्थामा भने मन्त्री बन्ने सम्भावन रहिरहने छ ।
यता प्रदेश सभा ‘ख’ बाट नेकपा एमालेका कृष्णी थारु , गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मानबहादुर थारु, नागरिक उम्मुक्ति पाटिबाट धर्मबहादुर चौधरीसहित ६ जना चुनावी मैदानमा रहेका छन । ति मध्ये नेकपा एमाले, गठबन्धनका उम्मेदवार र नागरिक उम्मुक्ति पाटीबीच प्रतिस्पर्धा देखिन्छ । नेकपा एमालेका कृष्णी थारु लुम्विनी प्रदेशको उप सभामुख हुन भने , गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पुराना नेता हुन । नेकपा एमालेलाई जित निकाल्न फलामको चिउरा चपाउनु सरह देखिन्छ । गठबन्धनबाट मानबहादुर चौधरीले जित निकालेको अवस्थामा मन्त्री बन्ने लाइनमा भएपनि सम्भावन न्युन रहने छ ।
बर्दिया क्षेत्र न १ को कुरा गर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम, नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, राप्रपाबाट सुर्यबहादुर सिंह लगायत १० जना चुनावी मैदानमा रहेका छन । ति मध्ये मुख्य प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार, नेकपा एमालेबीच नै देखिएको छ । तत्कालीन अवस्थामा नेकपा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार रहेका बामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका सञ्जय गौतमलाई यसपटक माओवादी संगको गठबन्धनले थप बल पुगेको छ । गौतमले जितेको अवस्थामा उनि मन्त्री बन्ने लगभग पक्का जस्तै देखिन्छ । पाटीभित्र वरिष्ठ नेता डा. शेखर समुह तिरका गौतम एक पटक सिचाई मन्त्री समेत भैइसकेका छन ।
उता नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवाली सालिन व्यक्तिको रुपमा परिचित छन । नाताले बामदेव गौतमका बैनि ज्वाई रहेका ज्ञवाली पहिलो पटक निर्वाचन लडदै छन । यसैगरी कान्तिपुरको जागीर छोडेर राजनीतिमा छिरेका ठाकुरसिंह थारु नागरिक उम्मुक्ति पाटीबाट पहिलो पटक निर्वाचन लडदै छन । प्रदेशसभा तर्फ ‘क’ बाट नेकपा एमालेका शालिकराम अधिकारी , गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी, नागरिक उम्मुक्ति पाटीबाट खेमबहादुर थारु, नेकपा एकिकृत समाजवादीका डिलबहादुर केसी चुनावी मैदानमा छन । यी मध्ये मुख्यत गठबन्धन , नेकपा एमाले र नागरिक उम्मुक्ति पाटीबीच प्रतिस्पर्धा देखिन्छ । गठबन्धनको सहयोगमा नेपाली कांग्रेसबाट निर्वाचन लडेका भुवनेश्वर चौधरी मन्त्री बन्ने लाइनबाट टाढै रहेका छन ।
नेकपा एमालेबाट निर्वाचन लडेका शालिकराम अधिकारीले बाँसगढि नगरपालिकाको मेयर भएर काम गरिसकेका छन । शालिकरामले जित निकाले पनि उनी मन्त्री बन्ने लाइनमा छैनन । प्रदेशसभा ‘ख’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अञ्जु दहित , नेकपा एमालेका भक्तबहादुर वि.क., नेकपा एकिकृत समाजवादीका बखतबहादुर खडका, नागरिक उन्मुक्ति पाटीबाट रामकुमार चौधरी , स्वतन्त्र उम्मेदवार सुभाष पोखरेल लगायत ११ जना चुनावी मैदानमा रहेका छन ।
ति मध्ये गठबन्धनका उम्मेदवार, नेकपा एमाले, नागरिक उन्मुक्ति पाटि र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा देखिन्छ । गठबन्धनको तर्फ बाट निर्वाचन जितेमा अञ्जु दहित पहिलो लटमा नै मन्त्री बन्ने पक्का छ । दहित बारबर्दिया नगरपालिकाको उप प्रमुखको रुपमा पनि काम गरिसकेकी हुन । पाटीले उनलाई अहिले प्रदेश सभामा उठाएको हो । उता नेकपा एमालेका भक्तबहादुर विकले निर्वाचन जितेमा पनि प्रदेशमा नेकपा एमालेको सरकार भएमा मन्त्री पाउने पक्का देखिन्छ । तर पछिल्लो पटक राजनीतिक दलहरुको क्रियाकलापले गर्दा मतदाताहरुमा नैराश्यता देखिएको पनि छ । कहि कुनै क्षेत्रमा माथि उल्लेख गरिएको प्रतिस्पर्धामा अरु कुनै आएमा त्यो दलले छानेको उम्मेदवार खोट छ भनेर दलहरुले बुझन जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार