नवलपरासी क्षेत्र नं २ : त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धन उम्मेदवार कँडेल संसदीय निर्वाचनको दौडमा
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बुधबार २१:२६:४८
३० कात्तिक, नवलपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले आज र भोलि मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाउने भएपछि अहिले नेता तथा उम्मेदवार घरदैलोसहित मत माग्ने काममा व्यस्त छन् ।
मंसिर ४ नजिकिनै लाग्दा क्षेत्र नं २ को चुनावी रौनक अझै तातेको छ । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपासहितका दलबाट १० तथा स्वतन्त्र आठ गरी १८ जनाको उम्मेदवारी परेको छ । पश्चिम नवलपरासी क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, जनता समाजवादी पार्टी ‘जसपा’ को समर्थनमा नेकपा ‘एमाले’ बाट उम्मेदवारी दिएका दीपेन्द्र अधिकारी र लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधानबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यो निर्वाचन क्षेत्रमा रामग्राम नगरपालिका, सुनवल नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाका सबै वडा तथा सरावल गाउँपालिकाको तीन वटा वडा रहेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षमा नेकपा ‘माओवादी केन्द्र’ का उम्मेदवार निर्वाचित भएका थिए भने अन्य पालिका प्रमुख तथा अध्यक्षमा नेकपा ‘एमाले’ का उम्मेदवार निर्वाचित भएका थिए । नवलपरासी २ मा जम्मा एक लाख २२ हजार छ सय ८० मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले जानकारी दिए ।
नेपाली कांग्रेसका उम्मेदवार कँडेल यस क्षेत्रबाट छैठौँपटक संसदीय निर्वाचनको दौडमा छन । विसं २०५१ देखि २०७४ सम्म भएका पाँचवटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा कँडेल विजयी भएका थिए । तीन दशकयता निरन्तर चुनाव लड्दै आएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ । कँडेल २०५६ र २०५८ सालमा दुई पटक गृहराज्यमन्त्री बनेका थिए ।
विसं २०५१ मा तत्कालिन सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद् यात्रा सुरू गर्नुभएका कँडेल त्यसपछिका निर्वाचनमा उम्मेदवार बन्दै आएका छन । २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का ध्रुवबहादुर प्रधानलाई पराजित गरेका थिए । विसं २०६४ मा साविक नवलपरासीको क्षेत्र नम्बर ५ बाट उम्मेदार बनेका उनी तत्कालीन मधेसी जनअधिकार फोरमका रामवचन चौधरीसँग पराजित भए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका कँडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित भएका थिए ।
विसं २०७४ मा उनले तत्कालीन वामगठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई पराजित गरेर पुनः संसद् भवन प्रवेश गरेका थिए । यहाँ एमालेले जसपा र राप्रपाले लोसपासँग तालमेल गरेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार यहाँ अन्य दलको तुलनामा कांग्रेस बलियो देखिएको छ । यस क्षेत्रमा पर्ने पालिकामा वडाध्यक्षले पाएको मतभार अनुसार नेपाली कांग्रेसका वडाध्यक्षले पाएको मत २५ हजार छ सय ८६ हुन रहेको छ । माओवादी केन्द्रको नौ हजार एक सय ५१, नेकपा ‘एकीकृत समाजवादी’ को आठ सय ८५ र राष्ट्रिय जनमोर्चाको ८५ गरी सत्ता गठबन्धनको मत ३५ हजार आठ सय नौ देखिन्छ ।
यहाँ एमालेका वडाध्यक्षले पाएको मत २३ हजार तीन सय ४२ तथा जसपाका वडाध्यक्षले पाएको मत सात हजार तीन सय १३ रहेको छ । त्यसैगरी, राप्रपाका वडाध्यक्षले आठ हजार आठ सय ७७ तथा लोसपाका वडाध्यक्षले चार हजार पाँच सय ८० मत प्राप्त गरेका छन् । वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा यहाँ कांग्रेसका उम्मेदवारको मत एमाले–जसपाको तालमेल भन्दा पाँच हजार एक सय ५४ ले बढी तथा राप्रपा–लोसपाको तालमेल भन्दा झण्डै तीन गुणाले बढी छ ।
यस क्षेत्रबाट उम्मेदवारी दिएका एमालेका अधिकारी पार्टीका जिल्ला अध्यक्ष एवं निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुन । नवलपरासीबाट यसअघि तीन पटकसम्म चुनाव लडेर पराजित भएका प्रधान राप्रपाका केन्द्रीय उपाध्यक्ष हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार