टुक्राटाक्री जोडेर बनेको गठबन्धनको काम छैन, बहुमत पाएमा एमाले बलियो सरकार बन्छ : ओली
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७९ बिहिबार ०:४२:५४
३० कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन् । गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उनको भनाइ छ ।
बुधबार सुनसरीको लौकीमा आयोजित चुनावी सभामा ओलीले अघिल्लो निर्वाचनमा एमाले दुई तिहाइ बहुमतको नजिक नभएको, अल्पमतमा परेकाले यसपटक बहुमत चाहिने बताए ।
‘अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएको होइन । एमालेले प्रत्यक्षले ८० सिट र समानुपातिकमा ४१ सिट पायो । बहुमत ल्याउन सकेन । त्यही भएर त्यसबेलाको सरकारले पूर्ण कार्यकाल बिताउन सकेन,’ ओलीले भने, ‘अब एमालेले बहुमत पाएमा बलियो सरकार बन्छ । सुदृढ सरकारले मात्र देश विकासको काम गर्छ ।’
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पालिमुनि गएर बसेको भन्दै उनको कडा आलोचना गरे । प्रचण्ड पार्टी एकता गर्न नभई सिंगो पार्टी प्रतिक्रियावादीलाई बुझाउन एकताको नाटक गरेको आरोप लगाए ।
उनले बालक, वृद्ध, महिला सबैको उत्थानको काम एमालेले मात्र गर्न सक्ने दाबी पनि गरे । ओलीले कोरोना कालमा एमाले सरकारले धेरै राम्रो काम गरेको पनि जिकिर गरे । उनले वर्तमान सरकारले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार गरेको आरोप पनि लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार