सप्तरी २ बाट जसपाका अध्यक्ष यादव किन बाहिर निस्केनन ?
कुसुम सेञ्चुरी
कात्तिक ३०, २०७९ बिहिबार ३:२६:५८
३० कात्तिक, काठमाडौं । एमालेसँग चुनावी सहकार्य गरेसँगै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका जसपा उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र छाडेर बाहिर जान सकेका छैनन । जसपा यादव सप्तरी–२ मै केन्द्रित भएर अन्तिम समयसम्म खटिरहेका छन् । गाउँ–टोलमा चुनावी सभा गरिरहेका छन् भने घर घर धाइरहेका छन् । अघिल्ला निर्वाचनमा प्रायः मधेशका सबै क्षेत्रमा चुनावी कार्यक्रममा दौडधुप गर्ने यादव यस पटक भने अन्यत्र गएका छैनन् । अध्यक्ष यादवले किन सप्तरी–२ छोड्न सकेका छैनन ? किन अन्य क्षेत्रका चुनावी कार्यक्रममा सहभागी भएका छैनन ? भन्ने बारेमा सर्वत्र चासो बढिरहँदा उनले आफ्नो निर्वाचन क्षेत्र असुरक्षित देखेपछि बाहिर नगएको जसपाका एक नेताले बताए ।
सप्तरी–२ को चुनावी माहोल हेर्दा पहिलाको भन्दा अहिले यादवलाई कठिन देखिएको छ । जसपा अध्यक्ष यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुरले कडा टक्कर दिइरहेका छन् । अझ यादवको चर्को विरोध गर्दै आएका जनमत पार्टीका अध्यक्ष सीके राउत पनि यही क्षेत्रबाट उम्मेदवार बनेपछि यादवका लागि चुनौति बनिरहेका छन् ।
जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुर यसअघि पनि चुनावी मैदानमा भिडेका थिए । २०७४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेसको समर्थनमा यादव उम्मेदवार थिए । उनले २१ हजार ६२० मत पाएका थिए । त्यतिवेला उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेश यादवले ११ हजार ५८० मत पाएका थिए । तेस्रो स्थानमा थिए, जयप्रकाश ठाकुर । स्वतन्त्र उम्मेदवारी दिएका ठाकुरले नौ हजार ४५९ मत पाएका थिए । गत निर्वाचनमा अध्यक्ष यादवका निकटतम प्रतिस्पर्धी माओवादीका उमेश यादव अहिले सत्ता गठबन्धनबाट सप्तरी २‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार छन । तेस्रो नम्बरमा रहेका ठाकुर भने लोसपा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।
उनलाई सत्तारूढ गठबन्धनले समर्थन गरेको छ । अघिल्लो पटक यादवलाई समर्थन गरेको कांग्रेस मात्रै होइन, दोस्रोमा रहेको माओवादी पनि ठाकुरकै पक्षमा छ । यससँगै सत्तारूढ गठबन्धनका नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले उनलाई नै समर्थन गरेको छ ।‘विपक्षीहरु एक ठाउँमा भएपछि यादवलाई सकस परेको छ’, एक नेताले भने । जसपा अध्यक्ष यादवलाई नेकपा (एमाले)ले समर्थन जनाएको छ । तर, एमाले यो क्षेत्रमा त्यति बलियो छैन । अर्कातिर, जनमत पार्टीका अध्यक्ष राउत चुनावी मैदानमा उत्रेपछि यादवलाई चुनौति मात्र थपिएको छैन उस्तै अवस्था परेमा राउतले बाजी मार्न सक्ने आँकलन पनि गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जसपा अध्यक्ष यादवले मधेशलाई ठगेको भन्दै राउतले आन्दोलन नै गरेका थिए ।
उनले जसपा नेतृत्वको मधेश सरकारले भ्रष्टाचार गरेको भन्दै प्रदेशका मुख्य शहर तथा जिल्ला सदरमुकाममा एक महीना प्रदर्शन गरेका थिए। त्यसको पनि असर सप्तरी–२ मा देखिएको छ भने राउत प्रतिस्पर्धीका रूपमा उभिएपछि यादवलाई आफ्नो प्रतिरक्षा कठिन भएको छ । यादवको निर्वाचन क्षेत्रमा राजविराज नगरपालिका सहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्छन् । २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ । राजविराज नगरपालिकामा भने जसपाले जितेको थियो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा पनि यादव पछाडि नै देखिन्छन् ।
जसपाका वडाध्यक्षका उम्मेदवारले १५ हजार ३७५ र एमालेका वडाध्यक्षका उम्मेदवारले तीन हजार ६९३ मत पाएका थिए । त्यस्तै, कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १३ हजार ३१५, लोसपाका वडाध्यक्षका उम्मेदवारले १३ हजार ५४८, माओवादीका वडाध्यक्षका उम्मेदवारले सात हजार ७७६ र एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले तीन हजार २७१ मत पाएका थिए । यसका आधारमा हेर्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार ८९२ पुग्छ । सबै गणित नमिल्दा उनले आफ्नो निर्वाचन क्षेत्र छाड्न नसकेको जसपाका एक केन्द्रीय सदस्यले बताए ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार