नुवाकोट क्षेत्र नं २ : गठबन्धनका केसी चुनावी यात्रा सुखद हुनेमा ढुक्क, एमालेका खतिवडा दबाबमा
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार १९:४६:२५
१ मंसिर, त्रिशूली । यही मंसिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास छ । निर्वाचनको प्रतिस्पर्धामा जित र हारको आलोपालो नतिजा व्यहोर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केसी यस पटक नतिजा आफ्नो पक्षमा आउने पालो पर्खिएका मात्रै छैन जीवनको अन्तिम पटकको चुनावी यात्रा भन्दै सुखद नतिजाको पर्खाइमा छन । त्यसका लागि सत्तारुढ दलबीचको गठबन्धनको साथ र सुधारिएको पार्टीको सङ्गठन बलियो आधार भएको उनी दाबी गर्छन ।
“मेरो प्रतिस्पर्धी कोही छ जस्तो लाग्दैन”, उम्मेदवार केसीले दाबीका साथ भने, “पार्टीगत प्रतिस्पर्धाका लागि तयार भएको व्यक्ति हुँ, संविधानको रक्षा र नेपाली नागरिकको मौलिक हक सुनिश्चित गर्न सत्तारुढ दलहरुबीचको गठबन्धनसहितको साझा उम्मेदवारसमेत भएकाले जितभन्दा पनि मतान्तर फराकिलो बनाउने कसरतमा छु ।”
यसअघिको निर्वाचन २०७४ मा करिब १० हजार मतले केसीलाई पराजित गरेर विजयी भएका नेकपा ‘एमाले’का उम्मेदवार नारायणप्रसाद खतिवडा यस पटक पनि नतिजा आफ्नै पक्षमा आउने दाबी गर्छन । “निर्वाचित भएको पाँच वर्षको अवधिमा जनताको विश्वास र मतको दुरुपयोग हुन दिइनँ”, उम्मेदवार खतिवडाले भने, “भूकम्पपछिको पुनःनिर्माण, कोरोनाकालको समयमा त्रिशूली अस्पतालमा आरटी–पीसीआर प्रयोगशालासहित देशभरकै उत्कृष्ट बनाउन पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थाले नागरिकको स्वास्थ्यमा सुधार, कृषिका लागि जोन, पकेट र ब्लक कार्यक्रमको विस्तार लगायतमा गरेको सेवा मेरो जितको आधार हो ।”
एमालेका उम्मेदवार खतिवडाका लागि अघिल्लो पटकको जस्तो नेकपा ‘माओवादी केन्द्र’सँग गठबन्धन छैन । पार्टी फुटको असरलाई सुधार गर्नुपर्ने दबाबमा उनी छन । यस पटकको निर्वाचनमा जनताले जितको भारी बोकाउने विश्वासमा रहेका केसी र खतिवडाका लागि चुनौतीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे हुन । पर्यटन व्यवसायमा बनाएको छवि बोकेर राजनीतिक यात्रामा होमिएका पाण्डे आफूलाई वैकल्पिक शक्तिका रूपमा जनताले चाहेको र परिवर्तनको नेतृत्वका रुपमा प्रस्तुत गर्छन ।
निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ उम्मेदवारमध्ये अधिकांशले आफ्नो प्रचारलाई तीव्र बनाएका छन् । स्वतन्त्र भनिएका र केही साना दलका उम्मेदवारले मनोनयन दर्तासँगै गुमनाम भए पनि अधिकांश उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा लागिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेल, नेपाल मजदुर किसान पार्टीका गणेशमान बाटाकक्षी, लोकतान्त्रिक समाजवादी पार्टीका धनकुमारी सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेममाया तामाङ र जनसमाजवादी पार्टीका हिमाल जोशीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको बताए ।
स्वतन्त्र उम्मेदवार गायत्री दाहाल, सुदर्शन पुडासैनी र विनोदकुमार तामाङले सामाजिक सञ्जाल तथा निर्वाचन क्षेत्रमा आफ्नो प्रचार–प्रसार, मतदाता भेटघाटसहितको घरदैलो कायमै राखिरहेको जनाए । यस निर्वाचन क्षेत्रमा पर्ने विदुर र बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकामा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार