झापा–३ मा सिटौला र लिङ्देनबीच मुख्य प्रतिस्पर्धा, कसकाे पल्ला भारी ?
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २०:४७:२६
१ मंसिर, झापा । आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने दाबी राप्रपाले गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । उनको जित निश्चित रहेको राप्रपा झापा अध्यक्ष केशव ओझा दाबी गर्छन् ।
झापा–३ मा सत्तारुढ गठबन्धन कांग्रेसका कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनलाई एमालेको समर्थन छ । एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ ।
लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित कृष्णप्रसाद सिटौला चुनावी मैदानमा उत्रिएका छन् । तर, ६ महिनाअघि मात्र भएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने सत्तारुढ गठबन्धन ९ हजार ५८ मतले पछि छ । अझ स्थानीय तहको निर्वाचनमा कचनकवलमा एमाले र कांग्रेसबीच तालमेल भएको थियो। जहाँ ६ वटा वडामा कांग्रेस विजयी भएको थियो । तर, अहिले एमालेले राप्रपालाई सहयोग गर्नेछ ।
स्थानीय तहको मतपरिणामलाई आधारमा मान्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत पाएका थिए । दोस्रोमा राप्रपाका वडा अध्यक्षले २१ हजार १५९, तेस्रोमा एमालेको २१ हजार ८५ मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौँमा जसपाको ५३७ मत, छैटौँमा लोसपाको २०८ मत र एकीकृत समाजवादीको १२ मत छ ।
यसरी हेर्दा एमाले र राप्रपाको मत जोड्दा ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सघाएको एमालेले अहिले राप्रपालाई समर्थन गरेको छ ।
जसकारण स्थानीय तह निर्वाचनको भन्दा अहिले राप्रपाको मत बढी आउने राप्रपा नेताहरु बताउँछन् । सिटौलालाई हराउन सकिने स्थानीय तहकै मतपरिणामको आधारमा भन्न मिल्ने अध्यक्ष ओझा बताउँछन् ।
कांग्रेसमा सिटौलाको राजनीतिक साख गिर्दै गएको र धर्मनिपेक्षताजस्ता केही विवादास्पद घोषणा गराउन सिटौलाको भूमिकालाई जनताले बुझेकाले पनि उनको पराजयलाई सहयोग गर्ने राप्रपाको बुझाइ छ ।
पटक पटक सत्तामा पुग्दा सिटौलाले डुबान, नदी कटान, हात्ती आतंकजस्ता समस्या समाधानमा चासो नदिएको र यस समस्या समाधानमा लिङ्देनले काम गरेकाले पनि सिटौलाको पराजय र लिङ्देनको जितलाई मजबुद बनाएको राप्रपाको बुझाइ छ ।
पार्टी अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनको लोकप्रियता बढेको, राप्रपाप्रति आममतदाताले आशा राखेको, भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हुने बताएका लिङ्देनको जितलाई सिटौलाले रोक्न नसक्ने राप्रपा झापा अध्यक्ष केशव ओझा बताउँछन् । यता लिङ्देनलाई पराजित गरेर बदला लिन दाउमा छन् सिटौला पनि । उनी पनि यसपटक लिङ्देन पराजित हुने दाबी गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार