एमालेका नेताहरुले नै काठमाडौं ५ का उम्मेद्धवार प्रदीप पौडेललाई भोट दिन्छौँ भनेपछि चुनाव जित्ने पक्का
नेपालबहस संवाददाता
मंसिर १, २०७९ बिहिबार २१:५४:५०
१ मंसिर, काठमाडौं । देशभर निर्वाचनको माहोल तातिरहेको बेला काठमाडाैं क्षेत्र नम्बर ५ यतिबेला सबैको चासो र आकर्षणको केन्द्र बन्न पुगेको छ । स्यंम एमालेका नेताहरु समेत कांग्रेसका प्रदीप पौडेललाई चुनावी अभियानमा सघाउन हिँडेको र माओवादी नेताहरु नै कांग्रेसमा प्रवेश गरेको माहोल देख्दा यस क्षेत्र निक्कै तरंगित मात्र भएको छैन जनताका आशाका चाङहरु समेत चुलिन थालेको छ । प्रदीपका लागि के युवा के जेष्ठ नागरिक सबैले आशिर्वाद दिँदै एकै स्वरमा भनेका छन् – हाम्रो बिश्वास छ , तिमीले जित्नुपर्छ ।
आफ्ना बलिया प्रतिष्पर्धीहरु लाई पछार्दै काठमाडौं क्षेत्र नम्बर ५ मा निर्वाचित भएर संसदमा प्रवेश गर्न चाहान्छन् कांग्रेसका स्वच्छ छबि बनाएका प्रभावशाली युवा नेता प्रदीप पौडेल । पौडेल अहिले क्षेत्र नम्बर ५ का गल्ली गल्लीमा आत्मबिश्वासका साथ जनतामाझ गएर मत माग्न तल्लिन रहेका छन् । उनलाई युवा देखी बृद्ध समेतको जमातले साथ दिईरहेको छ ।
उनी जहाँ जान्छन् त्यहाँ राम्रो प्रतिक्रिया मात्र पाउँदैनन् जितको आशीर्वाद समेत प्राप्त गर्ने गरेका छन् । उनी संग सेल्फी खिच्नेहरुको समेत भिड लाग्ने गरेको छ । धापासी क्षेत्रमा भेटिएका एक बृद्धले उनलाई अंगालो हालेर जितको शुभकामना दिए । चुनावी अभियानका क्रममा भेटिएका उनले भने– बाबु लाई टिभीमा हेरेको थिए । राम्रो बोल्नु हुन्छ । मलाई तपाईको बिचार एकदमै मन परेको छ । जितेर यो ठाउँ बनाउने जिम्मेवारी बाबुको काँधमा छ । मेरो आर्शिवाद छ । यो दृश्य र भनाईले सबैको मन जितेको थियो ।
उनको सरल र मिठासपुर्ण बोली बचन, युवा जोश साथै स्वच्छ छबी चुनाव जित्ने अस्त्रका रुपमा हेरिएको छ । युवा नेता पौडेल पार्टी भित्रका प्रभावशाली युवा नेताका साथै भ्रष्टाचार बिरोधी आवाज बुलन्द साथै पौडेललाई पाँच दलीय गठबन्धनले बलियो साथ दिएको छ । उनी संगै एमालेका टेस्टेड एमाले नेता इश्वर पोखरेल र एकताका चर्चाको शिखरमा रहेकी रञ्जु दर्शना भिड्दैछन् ।
दिनहुँ जस्तोको चुनावी दौडधुपमा मतदाताले देखाएको यसप्रकारको सद्भाव र समर्थनले पौडेल झनै उत्साही देखिएका छन् । मतदाताको घरदैलोमा पुग्दा युवा समुहको आकर्षण , ज्येष्ठ नागरिकको सद्भाव र उनीहरुले दिने विजयीको शुभकामना र आर्शीवादले पौडेल आफ्नो जित सुनिश्चित रहेको बताउँछन्। उनी यसकारण पनि उत्साहित देखिएका छन् कि उनलाई पार्टी भित्रकै दिग्गज नेताहरुको ठुलो भरोसा र साथ रहेको छ ।
सोही क्षेत्रमा यसअघि एमालेका इश्वर पोखरेललाई हराएका कांग्रेसका प्रभावशाली नेता नरहरी आचार्य पौडेलको पक्षमा दत्तचित्त भएर भोट माग्न लागि परेका छन् । त्यस्तै सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णीम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन्। स्वर्णीम र नरहरिको सहयोगले पौडेलको जितलाई सहज बनाउन भूमिका खेल्ने कांग्रेस नेताको बुझाइ छ। गठबन्धनको काँध, पार्टी भित्रको बलियो साथ , जनताको आर्शीवादले पौडेल चुनाव जित्नेमा पुर्ण आत्मबिश्वासी देखिएका छन् ।
उनले आफु अरु उम्मेद्धार भन्दा फरक रहेको बताए । उनले भने– म अरु उम्मेद्धार भन्दा फरक छु । अरुले पटक पटक जनतालाई धोका दिए । तर म भोली चुनाव जितेर पनि जनताकै काखमा रमाउने मान्छे हुँ । म आफुले बोलेको कुरालाई पुरा गरेर देखाउँछु । आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं–५ मा दलहरुबाट १५ र स्वतन्त्र १४ गरी २९ जना प्रतिस्पर्धामा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार