चितवनमा तीन स्थानमा मतगणना गरिने, सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १३:१५:३१
४ मंसिर, भरतपुर । चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ । तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर र फलामे बारसहितको जाली लगाइएको बताए । यहाँ चार ठाउँबाट गणनाको काम थालिने उनले जानकारी दिए । दुई ठाउँबाट प्रतिनिधिसभा र दुई ठाउँमा प्रदेश क्षेत्र ९१० र ९२० को प्रत्यक्षको मतगणना गर्ने थापाले बताए। अन्य निर्वाचन क्षेत्रमा पनि सोहीअनुसारको गणनाको योजना बनाइएको उनको भनाइ छ ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउन थालिएको छ ।
चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताए ।
नमूना मतदानस्थल
चितवनको भरतपुर माविको मतदानस्थललाई नमूना मतदानस्थल बनाइएको छ । यस मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला मात्रै राखिएको छ । क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस मतदानस्थलमा चार वटा मतदान केन्द्र तोकिएको छ । यसमा कूल ३२ महिला कर्मचारी छन् ।
यस मतदानस्थलमा सुरक्षाका लागि पनि सबै २३ महिला सुरक्षाकर्मी खटाइएको छ । चारवटा केन्द्रमा गरेर कूल तीन हजार दुई सय २९ मतदाता रहेको मतदान अधिकृत विष्णुमाया विकेले जानकारी दिए । मतदान केन्द्रको तयारीदेखि मतदान सम्पन्न गर्नेसम्म सबै काम कुशलतापूर्वक पूरा गर्ने उनले बताए।
जिल्लामा कूल एक सय ६२ मतदानस्थल रहेका छन् । त्यसभित्र चार सय ६० मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उनले सबै मतदानस्थल निर्माणको काम सम्पन्न भएको जानकारी दिए । जिल्लामा कूल मतदाता चार लाख आठ हजार तीन सय ४२ छन् । जसमा पुरुषभन्दा महिला मतदाता धेरै रहेका छन् । यस मतदान केन्द्रको शनिबार सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले समेत निरीक्षण गरेका छन । सो क्रममा उनले राम्रोसँग काम गर्न आग्रह गर्दै महिला कर्मचारीलाई हौसला बढाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार