मनाङका चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १४:५:२१
४ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङको चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेका छन् । जिल्ला कारागार अस्थायीसहित जम्मा २९ मतदान केन्द्र रहेको मनाङको कुनै पनि मतदानस्थलमा २ वटा मतदान केन्द्र छैनन् । २ वटा केन्द्रमा ५०० भन्दा बढी मतदाता छन् ।
अरु अधिकांश केन्द्रमा १०० देखि ५० सम्म मतदाता संख्या छ । ४ वटा केन्द्रमा भने १०० भन्दा कम मतदाता छन् । ती ४ मतदान केन्द्रमध्ये ३ वटा मतदान केन्द्र नार्पाभूमि गाउँपालिकामा पर्छन् । एउटा चामे गाउँपालिकामा पर्छ ।
नेपालमै सबैभन्दा कम मतदाता भएका केन्द्रमध्ये सिंगो फू गाउँमा मात्रै १४९ मतदाता छन् । मनाङको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार सदरमुकाम चामेको ५ नं। वडा कार्यालय भवन चामेमा पुरुष ४६ र महिला ४७ गरी ९३ जना मतदाता छन् ।
नार्पाभूमि गाउँपालिका १ को वडा कार्यालय भवन नारगाउँमा पुरुष ४१ र महिला ५५ गरी ९६ मतदाता छन् । नार्पाभूमि गाउँपालिका ४, फू गाउँको फू आधारभूत विद्यालय केन्द्रमा ३७ पुरुष र ४१ महिला गरी ७८ जना मतदाता छन् । वडा नं। ५ को कार्यालय मतदान केन्द्रमा पुरुष ३७ र महिला ३४ गरी ७१ जना मतदाता छन् ।
मनाङ ङिस्याङ गाउँपालिका ५ को भ्राका आधारभूत विद्यालय केन्द्रमा सबैभन्दा बढी २८४ पुरुष र २९९ महिला गरी ५ सय ८३ मतदाता छन् । मनाङ ङिस्याङ गाउँपालिकाकै ८ नं। वडा कार्यालय भवन केन्द्रमा २४४ पुरुष र २६८ महिला गरी ५१२ मतदाता छन् । अन्नपूर्ण मावि मनाङमा पुरुष २४२ र महिला २४६ गरी ४८८ मतदाता छन् ।
शर्माका अनुसार मनाङमा कूल मतदाता ६ हजार ७७९ छन् । महिला ३ हजार ४९८ र पुरुष ३ हजार २२१ छन् । प्रदेश ‘१’ अन्तर्गत चामे र नासों गाउँपालिकामा महिला १ हजार ३७० र पुरुष १ हजार २५४ गरी २ हजार ६२४ छन् ।
प्रखेश ‘२’ को नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा महिला २ हजार १२८ र पुरुष २ हजार २७ गरी ४ हजार १५५ मतदाता छन् । सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा महिला २६१ र पुरुष २ सय ७ गरी ४६८ जनामात्रै मतदाता छन् । नार्पाभूमि नेपालका स्थानीय तहमध्ये सबैभन्दा कम मतदाता रहेको स्थानीय तह हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार