निर्धारित समयतालिका अनुसार सुदूरपश्चिममा मतदान सुरु
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १४:२६:५४
४ मंसिर, महेन्द्रनगर । निर्धारित समयतालिका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि र प्रदेश सदस्यका लागि मतदान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार बिहान ७ बजेदेखि कैलाली, कञ्चनपुरलगायत सात पहाडी जिल्लामा तोकिएका मतदानस्थलमा मतदाताले मतदान गरिरहेका छन् । सोह्र प्रतिनिधिसभा र ३२ प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको सिट रहेको सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र कैलाली र यसपछि कञ्चनपुरमा छन् ।
डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अछामबाट श्रममन्त्री शेरबहादुर कुँवरले मतदान गर्नेछन । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले नौवटै जिल्लामा मतदान सुरु भएको बताए।
उहाँले आयोगले तोकिएका मतदान तालिकाअनुसार नै यहाँ बेलुकी ५ बजेसम्म मतदानका लागि समय दिइएको बताए । सुदूरपश्चिममा आज १६ लाख ५६ हजार चार मतदाताले मतदान गर्नेछन् । मतदानका लागि यहाँ भारतलगायत विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली घर आएका छन् । यहाँ भारतसित सीमा जोडिएका नाका पूर्णरुपले बन्द गरिएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलले नौवटै जिल्लामा शान्तपूर्ण वातावरणमा निर्वाचन सुरु भइसककेो बताए। सुदूरपश्चिमभरी नेपाल प्रहरी र म्यादी प्रहरी मात्रै साढे १८ हजार परिचालन भएको छ ।
“सेना र सशस्त्र प्रहरीसमेत प्रदेशभरि निर्वाचन सुरक्षाका लागि परिचालन भएको छ”, उनले भने, “मतदानस्थल विभिन्न सुरक्षा घेरामा नागरिकले भयरहित वातावरणमा मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार