काठमाडौं उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी उत्साह
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २२:२३:१
पूर्णप्रसाद मिश्र
४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौं महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्ने बाध्य भएका छन् ।
काँठ क्षेत्रमा पनि यसअघिको स्थानीय तह निर्वाचनमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिए ।
“यस क्षेत्रको सहरी भेग काठमाडौं महानगरपालिका–६ को सरस्वतीनगर र बौद्ध क्षेत्रमा रहेको मतदान केन्द्रभन्दा गोकर्णेश्वर नगरपालिका( ३ स्थित तारेभीर क्षेत्रका मतदातामा उत्साह देखिएको छ”, उनले भने, “गोकर्णेश्वर नगरपालिकाकै बढी जनघनत्व भएका जोरपाटी, गोकर्णभन्दा कम जनघनत्व भएको सुन्दरीजल, कागेश्वरी क्षेत्रमा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।”
यस निर्वाचन क्षेत्रको काँठ भेगमा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत हाराहारीमा मतदान भएको मतदान अधिकृत शाहीले जानकारी दिएको निर्वाचन क्षेत्र अधिकृतको कार्यालयले जनाएको छ । त्यही समयभित्रमा सहरी क्षेत्रमा भने करिब ४० प्रतिशत हाराहारीमात्र मतदान भएको छ । मतदानस्थलमा भेटिएका मतदातामा उत्साह भने धेरै देखिएको छैन ।
स्थानीय तह निर्वाचनमा जति पनि उत्साह मतदातामा नदेखिएको गोकर्णेश्वर नगरपालिका-१ का स्थानीयवासी रोशन पोखरेलले बताउनुभयो । स्थानीय तह निर्वाचनमा स्थानीयस्तरकै धेरै उम्मेदवार हुने भएकाले धेरै मतदाताको सहभागिता रहने गरेको थियो ।
राजनीतिक दल र तीनै तहमा यसअघि निर्वाचित जनप्रतिनिधिको गतिविधिले पनि मतदातामा मतदान गर्न जाने जाँगर नदेखिएको उहाँको भनाइ छ । राजनीतिक दल र तिनका प्रतिनिधिले निर्वाचनमा वाचा अनुसार काम नगर्ने, विधिभन्दा पनि राजनीतिक रङका आधारमा काम गर्ने, विभिन्न विवादास्पद गतिविधिमा जनप्रतिनिधि मुछिने गरेकाले पनि निर्वाचनप्रति मतदाताको उत्साह बढ्न नसकेको हो ।
काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं। २ मा पनि सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमै मतदाताको उत्साह बढी देखिन्छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकासँग सीमा जोडिएको यस क्षेत्रको शङ्खरापुर नगरपालिकाका वडा नं। १, २, ३ र ४ मा बढी मतदाताको उत्साह देखिएको जनाइएको छ ।
काठमाडौं जिल्ला क्षेत्र नं २ मा पर्ने महानगरपालिकाका–९ र ३२ मा मतदाताको कम उत्साह छ । वडा नं ९ का मतदाता सुरेश नेपाल राजनीतिक दलले यो क्षेत्रलाई प्रयोगशालाका रुपमा विकास गर्न खोजेकाले पनि मतदातामा उत्साह कम हुँदै गएको बताउछन । यो क्षेत्रमा ठूला दलले पटक–पटक बाहिरका उम्मेदवार उठाउने गरेका छन् । ठूला नेताले चुनाव लड्ने र जितेपछि अरु क्षेत्रमा जाने गरेकाले मतदाता रुष्ट हुने गरेका छन् ।
काठमाडौं -३ मा सोमबार बिहानमात्र मतगणना हुने
काठमाडौं – ३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले जानकारी दिए ।
सोमबार बिहान ७ बजेपछि मतगणना नसकिएसम्म निरन्तर गणना भइरहने उनले सुनाए । विगतका संसदीय निर्वाचनमा सबै क्षेत्रको कार्यालय राष्ट्रियसभा गृहमा राख्ने गरिएको थियो ।
यस वर्ष सबै क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय छुट्टाछुट्टै राखिएको छ । मतगणना पनि सबै क्षेत्रमा गरिने छ । काठमाडौं–३ को मतगणना यसपटक चामुण्डा माध्यमिक विद्यालयमा गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणनाका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको छ । एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने जानकारी पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकको पनि मतगणना सकेरमात्र मत यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार