आज काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार २२:५६:२४
६ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।
सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै चिसो सुरु हुन्छ ।
केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव सात डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार