प्रतिनिधिसभाका २३ क्षेत्रको नतिजा सार्वजनिक, १४ सीटसहित कांग्रेसको अग्रता कायमै
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार १७:०:४४
७ मंसिर, काठमाडौं । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । धेरै जसो निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ भने केही स्थानमा विवादका कारण सुरु भएको छैन् ।
अहिलेसम्म सबैभन्दा धेरै स्थानमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा १४ प्रतिनिधिसभामा जित हासिल गरेको छ । काठमाडौंका पाँच क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसको सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म खाता खोल्न सकेको छैन ।
अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले एक स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । नेकपा एमालेले ललितपुर, उदयपुर र काठमाडौंको क्षेत्र नम्बर ९ मा गरी तीन स्थानमा जित हासिल गरेको छ ।
राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । प्रतिनिधिसभातर्फ ४१ क्षेत्रमा अगाडी रहेको कांग्रेसले प्रदेशतर्फ २२ क्षेत्रमा जित निकालेको छ भने ५९ क्षेत्रमा अग्रता लिएको छ ।
नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र
१– प्रकाशमान सिंह, काठमाडौं–१
२– गगन थापा, काठमाडौं ४
३– प्रदिप पौडेल काठमाडौं ५
४– सन्तोष चालिसे काठमाडौं ३
५– राजेन्द्रकुमार केसी काठमाडौं १०
६– मोहन आचार्य रसुवा
७– उदयशमशेर जबरा ललितपुर १
८– शंकर भण्डारी तनहुँ २
९– शेरबहादुर देउवा डडेल्धुरा
१०– रमेश रिजाल पर्सा ४
११– हृदयराम थानी, सुर्खेत २
१२– योगेश गौचन थकाली, मुस्ताङ
१३– टेकबहादुर गुरुङ, मनाङ
१४-विश्वप्रकाश शर्मा झापा-१
नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु
१– प्रेमबहादुर महर्जन ललितपुर २
२– अम्बरबहादुर रायमाझी उदयपुर २
३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९
राष्ट्रिय स्वतन्त्र पार्टी
१– गणेश पराजुली काठमाडौं ७
२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८
३– सोविता गौतम–काठमाडौं २
एकीकृत समाजवादी
१– शेरबहादुर कुँवर अछाम १
राप्रपा
१–धवलशमशेर जबरा बाँके २
नागरिक उन्मुक्ति पार्टी
१– गंगाराम चौधरी कैलाली ३
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार