महोत्तरी २ बाट लोसपाका शरतसिंह भण्डारी भारी मतान्तरले विजयी
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार १९:४९:५२
९ मंसिर, काठमाडौं । महन्थ ठाकुर नेतृत्पको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी महोत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
भण्डारी तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मात्र मत ल्याए । यस्तै एमालेका राम परीक्षण यादवले १० हजार २५८, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत मात्र पाए ।
४१ वर्षदेखि संसदीय राजनीतिको दौडमा रहेका भण्डारीले ६ पटक चुनाव जित्न सफल भएका छन् । २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भण्डारीले २०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका थिए । २०५६ मा कांग्रेस र २०६४ मा मधेसी जनअधिकार फोरमबाट महोत्तरी – ४ बाट उनी निर्वाचित भएका थिए ।
०७४ को चुनावमा उनी तत्कालीन राजपाबाट महोत्तरी २ बाट निर्वाचित भए । २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार