पराजयपछि सिटौलाले भने- विकास र समृद्धिका लागि डटिरहन थप हौसला दिएको छ
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार २०:१४:३
९ मंसिर, काठमाडौं । आइतबार झापा क्षेत्र नं. ३ मा पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पाएको मत र विश्वास नै आफ्नो जित भएको बताएका छन् । यसबाट आफूलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको बताएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुन पुगेका हुन् । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे । तर, आफूले पाएकै मत पनि आफ्नो जित भएको सिटौलाले प्रतिक्रिया दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सिटौलाले लामाे स्टाटस लेखेका छन्, ‘अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७,३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो ।’
प्रतिनिधिसभा सदस्यमा निर्वाचित लिङ्देन र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशी र छविलाल चुडाललाई बधाई तथा शुभकामना दिँदै सिटौलाले जनताको चाहनाबमोजिम देश विकासमा लाग्न सधैँ प्रेरणा मिलोस् भनेर कामना पनि गरेका छन् ।
सिटौलाको स्टाटस
झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित राजेन्द्रप्रसाद लिङ्देन एवं प्रदेश सभामा निर्वाचित भूमिप्रसाद राजवंशी र छबिलाल चुडाललाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु। नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सँधै प्रेरणा मिलीरहोस् ।
निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु। तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो । चुनावमा हार जित त हुन्छ नै । तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन, र भविष्यमा पनि रोक्ने छैन । अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७,३७२ को म प्रतिको विश्वास र माया नै मेरो जीत हो । यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागि डटिरहन अझ हौसला दिएको छ ।
चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु । लोकतन्त्र र गणतन्त्र प्रतिको तपाईंहरुको आस्था र तपाईंहरुको उत्साह र कर्मशीलताले मलाई नेपालको भविष्य सुदृड र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको छ। चुनावको नतिजाले नआत्तिनुहोस् । देश सेवामा म सँधै तपाईंहरुको साथमै हुनेछु ।
निर्वाचनलाई सफल बनाउन खट्नु भएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु । निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो । यसमा तपाईंहरुको योगदान प्रशंसनीय छ।
जय नेपाल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार