चुनावमा हारपछि माओवादी केन्द्र ललितपुर कमिटीमा राजीनामाको लहर
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार १७:४५:५
१२ मंसिर, काठमाडौं । हालै सम्पन्न आम निर्वाचनमा जिल्लामा पार्टीका प्रभावशाली नेताहरु पराजय भएपछिछ नेकपा (माओवादी केन्द्र)को ललितपुर जिल्ला कमिटी पदाधिकारीमा राजीनामाको लहर नै चलेको छ ।
ललितपुर क्षेत्र ३ बाट माओवादी केन्द्रका प्रभावशाली नेतृ एवं उपमहासचिव पम्फा भुसालले प्रििनधिसभा सदस्यमा पराजित भएपछि जिल्ला कमिटीमा राजीनाको लहर नै चलेको हो छ ।
प्रभावशाली नेतृले चुनाव हारेपछि जिल्ला कमिटीमाथि प्रश्न उठाइएको थियो । सोही कारण ललितपुर कमिटीका संयोजक शिव कट्टेल र सचिव दीपक पुलामीले पदबाट राजीनामा दिएका छन् ।
उनीहरुले हारको जिम्मेवारी लिँदै राजीनामा दिएको जनाएपछि बाग्मती कमिटी नेतृत्वमाथि पार्टी नेतृत्वले दिएको दबाबमा राजीनामा दिइएको छ । संयोजक कट्टेल र सचिव पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएका छन् ।
यही मंसिर ४ मा भएको चुनावमा ललितपुरको क्षेत्र नं. ३ र यसअन्तर्गत प्रदेशसभा (क)बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पराजित भएका थिए ।
यस्तै, ललितपुर क्षेत्र नं. २ को प्रदेशसभा (क)मा पनि माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पराजित भएका थिए ।
कट्टेल गएको वैशाखमा स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवारसमेत थिए । उनलाई नेकपा (एमाले)का उम्मेदवार हरिगोविन्द श्रेष्ठले पराजित गरेका थिए ।
कट्टेल मोहन वैद्य ‘किरण’सँग छुट्टिएर माओवादी केन्द्रमै फिर्ता भएका रामबहादुर थापा ‘बादल’सँगै आएका नेता हुन् । उनी विशेष रुपमा उद्योगी व्यवसायीको रुपमा चिनिन्छन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाडौंको जग्गा उनकै छँदा पार्टीले ‘त्याग’ गर्न पटकपटक दबाब दिँदा पार्टी विभाजनमा उनले वैद्य पक्ष रोजेका थिए । वैद्यमा छँदा उनले पार्टी कार्यालय बुद्धनगरबाट पेरिसडाँडा नै लैजानुपर्ने बताउँदै आए, तर वैद्यले ‘किचलो नगरौं’ भनेर सम्झाएका थिए । तर, वैद्य मुलुकको राजनीतिमा निष्क्रिय बन्दै गएपछि बादलसँगै माओवादी केन्द्रमा फिर्ता भएका थिए । पछि त्यहाँ रहँदा पनि उनलाई पेरिस डाँडा पार्टीलाई छाड्न व्यापक दबाब परेपछि अडानबाट उनले खुट्टा छाडेका थिए ।
माओवादी कैन्द्रले कार्यालय राखेर जग्गा कब्जा गरेपछि उनी एकफेर चरम निराश समेत पुगेका चर्चा नचलेको होइन ।
तैपनि बादल समूहमाथि माओवादी केन्द्रभित्र पक्षपात र गुटबन्दीको खेलको शिकार बनाइयो । बाद लगायत नेताहरु नेकपा फुटाइँदा माओवादी केन्द्रमा फिर्ता भएनन् । एमालेमै बसे । कट्टेल भने पम्फासँगै माकेतिरै आए । अहिले भने उनै पम्फा चुनावमा पराजय हुन पुगेपछि कट्टेलको पद नै गएको छ ।
पार्टीको बाग्मती प्रदेश कमिटीमा पम्फा समूह पक्षकै नेता हितमान शाक्य ‘सुमन’ इन्चार्ज छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार