एआईजी बढुवाको सम्मुखमा दुई डीआईजीविरुद्ध आईजीपी सचिवालयमा उजुरी
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार १८:५५:२२
१३ मंसिर, काठमाडौं । एआईजी बढुवाको मुखमा दुई डीआईजीलाई आर्थिक अनियमितताको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजीद्वय नलप्रसाद उपाध्याय र मसाउद आलम खाँविरुद्ध आर्थिक अनियमितता गरेको उजुरी परेको हो ।
निर्वाचन सकिए लगत्तै नेपाल प्रहरीमा रिक्त रहेका एआइजी पदमा बढुवा प्रयास शुरु हुँदा उनीहरु विरुद्धको उजुरीले आईजीपी धीरजप्रताप सिंहका व्याजीले बढुवा नपाउने निश्चित जस्तै भएको छ । डीआईजीबाटै घर जान चार महिना बाँकी भएको बेला मधेश प्रदेश र लुम्बिनी प्रदेशको कमाण्ड सम्हाली रहेका खाँ र उपाध्यायले सीमा क्षेत्रमा तस्करी बढाएको, सहकर्मीहरुसँग आर्थिक सहयोग मागेको तथा कार्यालयका लेखा प्रमुखसँग खरिदको हिसाब मिलाउन दबाब दिएको भन्दै आईजीपी सचिवालयमा उजुरी परेको एक प्रहरी अधिकारीले बताए ।
पछिल्लो केही महिनायता मधेसका सीमा नाकामा प्रहरी मिलेमतोमा खुलेआम तस्करी बढेको छ । डीआईजी खाँ आफैंले अधिकाश सीमा क्षेत्रमा घुमुवा र सीमा चौकी इन्चार्ज खटाएर पैसा उठाइरहेका छन् । त्यो पैसा शक्तिकेन्द्रहरुसम्म पुगेको विषयले गृहमन्त्रालयसम्म चर्चा चलेको थियो । अहिले नयाँ सरकार नबनीसकेको अवस्थामा यही सरकारबाट रिक्त रहेको चार एआईजीमा बढुवा गराउन नेपाल प्रहरीभित्र सो प्रयास शुरु भएको अवस्थामा उनीहरुविरुद्ध उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानविन गर्ने जनाएको छ ।
हाल नेपाल प्रहरीमा एआईजीका चार पद रिक्त छन् । नयाँ सरकार बन्न समय लाग्ने भएकाले अहिलेकै सरकारले रिक्त पदमा बढुवा गर्नुपर्ने प्रहरी महानिरीक्षकलाई बढुवा आकांक्षीहरुले दबाब दिन थालेका छन् । निर्वाचनको अन्तिम परिणाम आउँदा गठबन्धनबीचकै दलहरु मिलेर सरकार बन्ने/नबन्ने भन्ने विषयमा एकिन नहुँदा प्रहरी महानिरीक्षकलाई दबाब दिन थालेका हुन् । लामो समय अवधि एआईजी पद रिक्त नराखी बढुवा गर्नुपर्ने आकांक्षीहरुको दावी छ । स्रोतका अनुसार बढुवाका लागि आन्तरिक तयारी भइसकेको छ । तर सरकार नै कामचलाउ भएकाले यही सरकारबाट एआईजी बढुवा गर्न कठिन हुने देखिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
रिक्त पदमा बढुवाका लागि एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् । सिनियर टीमबाट तीन जना छन् । जसमा नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहन आचार्य छन् । तर उनीहरुलाई बढुवा गर्दा तीन महिना मात्रै एआईजी हुने भएकाले उनीहरुको बढुवा हुन कठिन छ । नयाँ ब्याचका डीआईजीहरु कार्यक्षमतामा पनि अब्बल र पहुँचमा पनि अगाडि भएकाले उनीहरु नै बढुवामा पर्नेछन् । अर्काेतर्फ चार पदका लागि दर्जन धेरै प्रतिस्पर्धामा भएकाले पनि टक्कर चर्काे छ । डीआईजीमा ज्येष्ठताको वरियताअनुसार वसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, रामदत्त जोशी, सन्दीप भण्डारी, किरण राणा, दुर्गा सिंहलगायत प्रतिस्पर्धामा छन् । हालको ३० वर्षे सेवाहद कायमै रहेमा यही टोलीबाट एक जना चैतमा आईजीपी हुने भएकाले अहिलेको बढुवामा व्यापक चलखेल हुने बताइएको छ ।
निर्वाचन अघि विश्वराज पोखरेल, अरुण विसी, रविन्द्र धानुक मुकुन्द आचार्य अवकाश पाएका छन् । अहिले रिक्त एआईजीमा बढुवा हुने डीआईजीमध्येबाट नेपाल प्रहरीले चैतमा आईजीपी पाउनेछन् । चैतमा आईजीपी हुने भएपछि पछिल्लो व्याचीहरुले एआईजीमा बल गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार