भगवती चौधरीले लगाइन गच्छदारको संसदीय यात्रामा पूर्णविराम
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २२:१८:५
१३ मंसिर सनुसरी । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको संसदीय यात्रमा पूर्णराम लगाएकी छन् । अन्तिम पटक चुनाव लडिरहेका गच्छदार चौधरीसँग सुरुसरी क्षेत्र नम्बर ३ बाट पराजित भएका छन् ।
तेस्रो प्रयासमा सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार भगवति चौधरी विजयी भएकी हुन् । ४ हजार १३४ मत गन्न बाँकी रहँदै एमाले उमेदवार चौधरीको जित सुनिश्चत भएको हो । पछिल्लो मतपरिणामअनुसार भगवती चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।
उनीहरुबीचको मतान्तर ५ हजार ४३४ मत रहेको छ । गणना हुँन बाँकी मत भन्दा चौधरीको मतान्तर बढी छ । अन्तिम मतपरिणाम सार्वजनिक हुनुअगावै चौधरीको विजय सुनिश्चत भएको हो । चीर प्रतिद्वन्द्वी कांग्रेसका गच्छदारलाई हराउँदै चौधरीले दुईपटकको हारको बदला पनि लिएकी छन् ।
१५ वर्षको निरन्तरको संघर्षपछि चौधरीले संसद्को यात्रा तय गरेकी हुन् । चौधरी २०७० को निर्वाचनमा उनै गच्छदारसँग पराजित भएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३६२ मतले चौधरी पराजित भएकी थिइन् ।
०७४ मा भने उनी ३२१ मतान्तरले पराजित भइन् । २०७४ को निर्वाचनमा भने गच्छदारले धाँधली गरेको भन्दै भगवतीले सर्वोच्चमा मुद्दा हालेकी थिइन् तर त्यसको फैसला अहिलेसम्म हुन सकेको छैन ।
२०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार भने राजनीतिक जीवनको अन्तिम समयमा पराजित हुन पुगेका छन् । ६ पटकका विजेता गच्छदार सातौँपटक भने पुरानै प्रतिस्पर्धीसँग पराजित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार