अन्ततः गल्यो निर्वाचन आयोग, ओलीको मतदान गराउने प्रयास असफल
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २१:३५:४५
१४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाहना बमोजिम विगत १० दिनदेखि शान्तिपूर्ण रुपमा भएको मतदानको मतगणना रोकेर पुनः मतदान गराउने प्रयासमा रहेको निर्वाचन आयोग अन्ततः गलेको छ । आयोगले बुधबार अबेर मात्रै मतगणना रोकिएको स्याङजाको क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरु गर्ने निर्णय गरेको हाे ।
एमाले अध्यक्ष ओलीको निर्देशनमा यी दुई क्षेत्रमा मतदान गराउनका लागि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हरप्रयास गरेका थिए । सम्बन्धित क्षेत्रका मतदान अधिकृतले भयरहित वातावरणमा शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न भएको भनेर लेखेर पठाउँदासमेत थपलियाले एमाले निकट सहसचिव नेतृत्वको टोलीलाई अनुगमन रिपोर्टका लाागि भन्दै पठाएका थिए ।
प्रमुख आयुक्त थपलियाले पदीय मर्यादालाई समेत भुलेर ओली निवास बालकोटमा गई स्याङजा, बाजुरा, दोलखादेखि र अन्य मतगणना भइरहेको उदयपुर र सुनसरी लगयतका क्षेत्रमा पुनःमतदान गराउने सहमति गरेर सोही अनुसार मागपत्र आयोगमा बुझाउन लगाएका थिए ।उनले एमाले अध्यक्ष ओलीप्रति देखाएको झुकावले निर्वाचन आयोगकाे भूमिकामा समेत प्रश्नचिन्ह उठाएको थियो । गैरकानूनी ढंगबाट पुनः मतदान गराउने पक्षमा उभिएका थपलिया आयोगभित्रै पनि विस्तारै एक्लिदै गएका थिए ।
स्याङजामा अनुगमनका लागि टोली पठाउन विषयमा नै आयोगका आयुक्तहरुले फरकमत राखेका थिए । तर, यसलाई वेवास्ता गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीका पूर्व निजी सचिव भएर काम गरेका आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा जाँजबुझ टोली मंसिर ८ मा स्याङजा पठाए । टोलीलाई पुनःमतदान गर्नुपर्ने प्रतिवेदन बनाउन लगाउँदै निर्णय लिन आनाकानी गरिरहेका थिए ।
टोलीले सोमबार साँझनै प्रतिवेदन बुझाउने कार्यादेश तोकिएपनि थपलियाका कारण बुझाएको थिएन् । यो क्षेत्रका केही मतदान केन्द्रमा नेकपा एमालेका उम्मेदवारहरुले पुनः मतदान हुनुपर्ने माग राख्दै आइरहेको विषयलाई निहुँ बनाएर उनले मतगणना गर्न बेवास्ता गरेका थिए ।मतगणना तुरुन्त गर्नुपर्ने माग राख्दै मतदानको भोलिपल्टदेखि नै सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलहरुले निरन्तर रुपमा धर्ना दिइरहँदा समेत आयोगलाई थपलियाले निरीह बनाए ।
मतगणना गर्ने र नगर्ने पक्षबीच विवाद चलेपछि आयोगले बहुमत सदस्यको आडमा केन्द्रबाट सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा जाँजबुझ टोली मंसिर ८ मा पठाएकोमा टोलीले प्रतिवेदन बनाउन पठाएको थियो । प्रतिवेदन बुझाउन ढिलो भैरहँदा कतै प्रमुख आयूक्त पुनःमतदान गराउने षडयन्त्रमा लागेको कुरा प्रष्ट भएको थियो । तर, अन्तिमसम्मको उनको प्रयास काम लागेन् ।
पुनः मतदानको निर्णय गराउँदा यसविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी भइरहेको थियो । सर्वोच्चमा रिट परेको अवस्थामा पुनः मतदान गराउने भनी गरिएको निर्णयलाई कानूनी रुपमा पुष्टि गराउनसक्ने आधार थपलियासँग थिएन । उनलै कुनै पनि कोणबाट बच्न सकिने कानूनी आधार नपाएपछि बुधबार स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने गरी निर्णय गराएका छन् । ढिलै भएपनि आयोगको यो निर्णय स्वागतयोग्य छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतगणना सुचारू गर्न निर्देशन पनि दिएको छ ।
प्रमुख आयुक्त थपलियाकै सेटिङमा एमालेले यी दुवै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो । यही बीचमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर बाजुरा र स्याङ्जा २ मा तत्काल मतगणना गर्न माग गरेको थियो ।
एमालेको दवाव र कांग्रेसको मतगणनाको मागले गर्दा आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन । यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए । तर, बुधबार बिहान बसेको आयोग पदाधिकारीको बैठकले दुवै क्षेत्रमा मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । जसकारण सम्भवतः बुधबार साँझदेखि मतगणना सुरु हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार