विद्यार्थी नेता अयडीको हत्या आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २२:२६:५५
१५ मंसिर, काठमाडौं । बाजुरामा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । क्राउ परेका अन्य दुई जनाको परिचय खुलाइएको छैन ।
अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीको मंसिर ४ गते त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले गरेको सांघातिक हमला गरी हत्या गरेको बताइएको छ ।
मतदान सकेर घर फर्किएका अयडीमाथि बाटोमै हमला गरी घाइते बनाएकामा पुनः राति घरमै गएर आक्रमण गरेर बेहोस तुल्याइदिएका थिए । उपचारका क्रममा उनकाे मृत्यु भएकाे थियाे ।
उक्त दिन मतदानकै क्रममा भएको विवादलाई लिएर प्रहरीले गोली चलाउदा कांग्रेस कार्यकर्ता सञ्जित अयडीको ज्यान गएको थियो । विवादपछि स्थगित मतदान पछिछ मंसिर १० मा पुनः मतदान भएको थियो ।
गोली चलाइएका र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्दै मतगणना समेत दलहरुले गर्न सुरु गर्न नमानेका कारण मतगणना हुन सकेको थिएन ।
त्यसपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा जाँचबुझ टोली पठाई तयार पारेकाे स्थलगत प्रतिवेदनमाथि छलफलपछि बुधबार मात्र मतगणना सुरु गर्न जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । निर्देशनपछि कार्यालयले बिहीबार सवैदलीय बैठक राखेर सहमति जुटाई केही अघिबाट मात्र मतगणना शुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार